पश्चिम नेपालमा कुनै पनि बेला विनासकारी भूकम्प जान सक्छ : भूकम्पविद

काठमाडौँ । पश्चिम नेपालमा सन १५०५ मा विनासकारी भुकम्प गएको थियो । अहिले सन २०२२ सकिदै छ । झण्डै सात सय वर्ष भयो, यो ठाँउमा विनाशकारी भुकम्प गएका छैनन् । मुख्य दरारमा प्रत्येक वर्ष भारतिय प्लेट दुई सेन्टिमिटरका दरले भित्र छिर्ने गर्छ । जसले गर्दा एक सय वर्षमा दुई मिटर भित्र छिर्छ । सात सय वर्षमा जम्मा १४ मिटर भित्र अड्केर बसेको भुकम्पविद एवं त्रिभुवन विश्व विद्यालयका प्रा डा दिपक चम्लागाईको भनाई छ ।

त्यो १४ मिटर जुनसुकै बेला सर्न सक्ने भएकाले भुकम्प जाने सम्भावना रहेको चम्लागाईको भनाई छ । ‘त्यो १४ मिटर सर्न बाँकी दरार भनेको जोखिमयुक्त हो । त्यो सर्दा पश्चिम नेपालमा विनासकारी भुकम्प जान सक्छ ।’

Advertisement

विगतमा गएका भुकम्पको तथ्यांकलाई हेर्दा कुनै पनि ठाँउ बिषेशमा एक पटक भुकम्प गईसके पछि त्यही ठाँउमा अर्को भुकम्प जानलाई लगभग सात सय वर्ष सम्म लाग्ने उनको भनाई छ । मध्यमखालका र अझ त्यो भन्दा ठूलो भूकम्प जान नौ सय वर्ष लाग्ने उनले बताए ।

भुकम्पको केन्द्रबिन्दु यही ठाँउमा भनेर इंगित गर्न नसकिने तर समग्र पश्चिम नेपालमा जुनसुकै ठाँउमा पनि केन्द्रबिन्दु बनाएर ठूलो भुकम्प जानसक्ने उनको भनाई छ । ‘दरार भनेको पूर्व हिमालय देखि पश्चिम हिमालय सबै ठाँउमा छ । यो दरार चुरेको अग्रभागमा निस्कन्छ ।’ उनले भने ।

जोखिम व्यवस्थापन गर्न मुख्यतया पूर्व तयारी गर्नुपर्ने उनको भनाई छ । पूर्व तयारीमा पनि पहिलो कुरो जनचेतनाका कुरा धेरै गर्नुपर्ने उनको भनाई छ । बेलैमा भुकम्प प्रतिरोधी घर बनाउनु पर्ने उनको भनाई छ । राजधानी दैनिकबाट

More News last news
Loading...