अभिनेत्री श्वेता खड्काले दिइन् छोरीलाई जन्म

काठमाडौँ । अभिनेत्री श्वेता खड्काले छोरीलाई जन्म दिएकी छिन्। मंगलबार अपरान्ह ग्रान्डी सिटी अस्पतालमा उनले पहिलो सन्तानलाई जन्म दिएको पारिवारिक स्रोतले जनाएको छ।

उनको दुई वर्षअघि धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह भएको थियो।

Advertisement

केही साताअघि श्वेताले आफू केही वर्ष आमाको भूमिकामा व्यस्त हुने बताएकी थिइन् । उनी गर्भवती भएपछि उनको व्यावसायिक काम पनि पति विजयन्द्रले हेर्दै आएका थिए ।

केही वर्षपछि फिल्म निर्माणमा फर्कने श्वेताको योजना छ । उनी नारी कथावस्तुमा फिल्म निर्माण गर्न चाहन्छिन्।

More News last news
Loading...