शताब्दी पुरुष संस्कृतविद् सत्यमोहन जोशीको निधन

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ।  १०३ वर्षीय जोशीको आज बिहान निधन भएको परिवारीक स्रोतले जनाएको छ।

जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । उनमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो।

Advertisement

पछिल्लो दुई हप्तादेखि अस्पतालमा रहेको जोशीलाई शुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपनि पुनः सघन उपचार कक्षमा राखेर उपचार जारी रहेको थियो।

किष्ट मेडिकल कलेजले सत्यमोहन जोशी र उनकी पत्नीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

More News last news
Loading...