क्यालिफोर्नियामा सविन राईको कन्सर्ट हुने

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियाको सानफ्रान्सिसकोमा पप स्टार सविन राईको लाइभ कन्सर्ट आयोजना हुँदैछ । मानापाथी इन्टरटेनमेन्टले आउदो सेप्टेम्बर ४ मा कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रममा सविन राईले गुरासको फेद मुनि लगायतका आफना चर्चित गीत गाउनेछन् । कार्यक्रममा सविना राईका अलवा स्थानिय कलाकारले पनि आफनो कला पस्किनेछन् ।

Advertisement

कार्यक्रममा थोम लामा, सम्बन्ध थापा, सोम गुरुङ, काजी गुरुङ, गौरव क्षेत्री, छिरिङ लामा, निरज गुरुङ,सुमन गुरुङ, निरज गुरुङ र रुविन गुरुङ लगायतले प्रस्तुती दिने आयोजकले बताएका छन् ।

मानपाथी इन्टरटेनमेन्टले केही समय अघि राजु लामाको लाइभ कन्सर्ट पनि आयोजना गरेको थियो । यसरी आयोजना गरिएका कार्यक्रमबाट उठेको रकले विभिन्न समाजसेवाका कार्य गर्दै आएको छ ।

More News last news
Loading...