काठमाडौँ । काभ्रेको बनेपामा बसमा ढुङ्गा हान्ने पल राउत पक्राउ परेका छन् । बिहान बसमा ढुङ्गा हानेपछि कालीकोटको नरहरिनाथ नगरपालिकाका राउतलाई बसका चालक सहचालकले कुटपिट गरेका थिए ।
बिहान बनेपाको चारदोबाटोमा गाडीमाथि ढुङ्गा हाने आक्रोशित चालक र सहचालकसँगै त्यही जम्मा भएको स्थानीय बासिन्दाले घेरेका थिए ।
त्यसपछि प्रहरी घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीले जानकारी दिनुभयो। एसपी जोशीका अनुसार थप अनुसन्धानका लागि अहिले राउतलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।
उनीसहित काभ्रेमा बन्द गराउँदै हिँड्ने आठ जना पक्राउ परेका पनि जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीले जानकारी दिनुभयो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
