काठमाडौं । लोक गायक रामचन्द्र चन्दलाई नुर–गंगा प्रतिभा पुरस्कार प्रदान गरिएको छ । नुर–गंगा प्रतिभा पुरस्कार गुठिले उनलाई प्रज्ञा भवन कमलादीमा आयोजित एक कार्यक्रममा नुर-गंगा प्रतिभा पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रम समारोहमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले उहाँलाई पुरस्कार प्रदान गर्नुभएको हो । सञ्चारकर्मी समेत रहनुभएका चन्द विगत डेढ दशकदेखि लोक तथा दोहोरी क्षेत्रमा हुनुहुन्छ ।
गीत गायन, संगीत र एरेन्जमा पनि अब्बल चन्दले गाएका गीत ‘माया साह्रै छ’, ‘चरी रुखमा’ ‘लुकीलुकी’, ‘अबदेखि एक्लै हुम्ला’ र ‘सक्छ्यो भेन भुल्दैभुल्दै जानु’ लगायतका गीत चर्चाम छन् l‘
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
