विश्वमै पहिलो घटनाः डाक्टरले गरे सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण

काठमाडौँ । अमेरिकाका एक व्यक्तिमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ। सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण गरिएको यो विश्वमै पहिलो हो।

बीबीसीका अनुसार बाल्टिमोरका ५७ वर्षीय डेभिड बेनेटमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण गरिएको छ।

Advertisement

युनिभर्सिटी अफ मेरील्याण्ड मेडिकल सेन्टरका अनुसार मुटु प्रत्यारोपण गर्न सात घण्टा समय लागेको थियो। प्रत्यारोपणपछि बेनेट अहिले स्वस्थ रहेको बीबीसीले जनाएको छ।

‘यो प्रत्यारोपण बेनेटको जीवन बचाउने अन्तिम उपाय थियो । यद्यपि अब उनी कति लामो समयसम्म बाँच्न सक्छन् भन्ने कुरा भने स्पष्ट भइसकेको छैन,’ बीबीसीले लेखेको छ ।

अपरेशन गर्नुअघि बेनेटले भनेका थिए, यो प्रत्यारोपण ‘बाँच या मर’ भनेजस्तै थियो। उनले भनेका छन्, ‘मलाई थाहा छ यो अँध्यारोमा तीर हानेजस्तै हो तर यो अन्तिम मौका थियो।’

यदि बेनेटको यो अपरेशन नगरेको भए उनी मर्ने थिए। त्यसैले युनिभर्सिटी अफ मेरील्याण्ड मेडिकल सेन्टरका डाक्टरहरुलाई अमेरिकाको स्वास्थ्य नियामकले यो काम गर्नका लागि विशेष छुट दिएको थियो। यो प्रत्यारोपण गर्ने मेडिकल टिमले धेरै वर्ष अगाडिदेखि यसबारे अनुसन्धान गरेको थियो।

प्रत्यारोपण सफल भएपछि युनिभर्सिटी अफ मेरील्याण्ड मेडिकल सेन्टरले सर्जन बार्टले पी ग्रिफिथलाई उद्धृत गर्दै भनेको छ, यो अपरेशन विश्वमा अंगको संकट समाधानमा एक कदम नजिक ल्याएको छ।

अमेरिकामा हरेक दिन १७ जना मानिसको प्रत्यारोपणका लागि पर्खिंदापर्खिंदै ज्यान जाने गरेको छ। एक लाखभन्दा बढी मानिसहरु प्रत्यारोपणको पालो कुरिरहेका छन्।

यस्तो अवस्थामा जनावरको अंग मानिसमा प्रत्यारोपण ९जेनो ट्रान्सप्लान्टेसन० को सम्भावनाबारे धेरै अगाडिदेखि नै अनुसन्धान भइरहेको थियो।

More News last news
Loading...