काठमाडौं l नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को अध्यक्षमा पत्रकार काजी श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
समाजको ११ औं साधारण सभाले सहकारीखबर अनलाइनका प्रधानसम्पादक एवं प्रकाशक समेत रहेका श्रेष्ठको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको हो ।
यस्तै समाजको उपाध्यक्षमा अन्नपुर्ण पोष्ट दैनिकका तुलसीराम सुवेदी, सचिवमा सहकारी सञ्चारका अर्जुन खतिवडा, सहसचिवमा गोरखापत्र दैनिकका भेषराज वेलवासे, कोषाध्यक्षमा रातोपाटी डटकमका प्रयास श्रेष्ठ निर्वाचित भए ।
सदस्यमा बिकास न्यूज डटकमका सन्तोष रोकाय र मेरो लगानी डटकमकी सुधा देवकोटा चयन भए । समाजमा दुई सदस्य अध्यक्षले मनोनीत गर्ने प्रावधान रहेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
