ग्याँस सिलिण्डर पड्किएर आगलागी, म्ह पूजा सकेलगत्तै ४ जनाको ज्यान गयो

काठमाडौं । म्ह पूजा सकाएर खाना पकाउन लाग्दा ग्याँस सिलिण्डर पड्किएर ललिपुरमा ४ जनाको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

ग्याँस सिलिण्डर पडकिएपछि भएको आगलागीबाट ललितपुरको चक्रबहिल स्थित नःबहालका लक्ष्मीकृष्ण ताम्राकार सहित एकै परिवारका ४ जनाको शुक्रबारसाँझ मृत्यु भएको हो।

Advertisement

सो घटनामा परी घाइते भएका २ जनाको पाटन अस्पतालमा उपचार भइरहेको छ। ‘पहिल्यै ग्याँस लिक भएको रहेछ’, एक स्थानीयले भने, ‘पूजा सकाएर खाना पकाउन ग्याँस बाल्ने बित्तिकै एक्कासी आगो फैलियो, लगत्तै सिलिण्डर पडकियो।’

परिवारका अन्य केही सदस्य पूजा सकाएर बाहिर निस्किएकाले बाँच्च सफल भएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरिएको जनाएको छ।

More News last news
Loading...