माओवादी केन्द्रका नेता बर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता बर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन् । नेता पुन बुधवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट थाइल्याण्ड प्रस्थान गरेका हुन् ।

जण्डिसको वंशानुगत समस्या भएका पुन केही समयदेखि बिरामी रहेको उनको सचिवालयले जनाएको छ।

Advertisement

यसअगाडि सुमेरु अस्पतालमा उपचार गराएका पुनलाई बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराउने तयारी छ।

पुनको शरीरमा देखिएको जण्डिसको मात्रा अस्वभाविक रूपमा बढेको चिकित्सकहरूले बताएका छन्। चिकित्सकहरूकै सल्लाह अनुसार उनलाई थाइल्याण्ड लैजान लागिएको सचिवालयले जनाएको छ।

नेता पुनसँगै पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्ती पनि थाइल्याण्ड गएकी छन् ।

More News last news
Loading...