बेलायतमा झरनामा खेल्न गएका नेपाली विद्यार्थीको डुबेर निधन

काठमाडौँ । बेलायतमा एक नेपाली युवाले पानीमा डुबेर ज्यान गुमाएका छन् । बेलायतको फार्नबरो बस्दै आएका २८ वर्षीय हेमन्तकुमार राईको अगस्ट १६ सोमबारका दिन वेल्सस्थित एक पानीको झरनामा खेल्ने क्रममा डुबेर मृत्‍यु भएको बेलायती प्रहरीले जनाएको छ।

घुम्नका लागि साथीहरुसँग वेल्स पुगेका उनी त्यहाँको ग्लाइनिथस्थित पोन्टनेडफिकान झरनामा पुगेका थिए । ‘झरनाको पानीमा पसेपछि उनी अफ्टेरोमा परेको र केहीबेरमै स्थानीय प्रहरी, उद्धारकर्मी र एम्बुलेन्स पुग्दा मृत्‍यु भइसकेको’ प्रहरीले बताएको छ।

Advertisement

मृतक राईको परिवारनिकट स्रोतका अनुसार उनी पूर्व गोर्खाका छोरा हुन्। बेलायतकै एक विश्वविद्यालयबाट उनले हालै इन्जिनियरिङको अध्ययन पूरा गरेका थिए । उनीसँगै घुम्न गएका साथीहरुले जनाएअनुसार झरनामा पुग्दा राई एक्साइटेड भएर ‘जम्प’ गरेका थिए।

तर अन्य साथीहरु डराएर पानीमा पसेनन्। राई पानीको भूमरिमा परेर निस्किन नसकेको र साथीहरु पनि जोगाउन जान नसकेको बुझिएको छ।

राईको मृत्‍युको सम्बन्धमा थप अनुसन्धान अघि बढाएको प्रहरीले घटनाबारे कुनै जानकारी भए सम्पर्कमा आउन अपिल गरेको छ।

More News last news
Loading...