अष्ट्रेलिया बस्दै आएकी अञ्जु अधिकारीको तीज गीत ‘नाचौं साथी हो’ बजारमा (भिडियोसहित)

काठमाडौँ । विगत लामो समय देखि अष्ट्रेलियाको मेल्बर्न शहरमा बस्दै आएकी अन्जु अधिकारी स्वास्थ्य क्षेत्रमा काम गरे पनि उनको समाजसेवा लगायत साहित्य र साङ्गीतिक क्षेत्रमा निकै रूची रहेको बताउँछिन् ।

उनले यो बर्षको हरितालिका तीजलाई बिषेश महत्व दिँदै आफ्नै शब्दमा नाचौँ साथी हो, बोलको नयाँ तीज गीत बजारमा ल्याएकी छिन् ।

Advertisement

गीतकार अञ्जु अधिकारी र अनु पाण्डेको शब्द रहेको गीतमा थिरज राज कुवासाङले संगीत भरेका छन् । जुन गीतमा गायिका मेलिना राईले सुमधुर स्वर दिएकी छिन् ।

गीतको म्युजिक भिडियोमा आफै प्रमुख कलाकारको भुमिकामा देखिएकी छिन् । बिन्ध्यावासीनी म्युजिक कम्पनीको युटुब च्यानल मार्फत गीत बजारमा आएको हो ।

आफ्नो मातृभूमिलाई छोडेर परदेशी हुनुको पिडा र परदेश पुगेर पनि त्यहाँ हुने विभन्न आरोह अवरोह बीचको शङ्घर्षलाई गीतमा देखाइएको छ ।

आफ्नो देशको कला र संस्कृतिलाई जोगाई राख्नुपर्दछ । भन्ने सकारात्मक सोच बोकेर अगाडि बढिरहेकी अन्जु अधिकारी अस्ट्रेलियामा बस्ने नेपाली दिदी बहिनीहरूले मिलेर खोलेको दिदी बहिनी समाज भिक्टोरिया संस्थामा आबद्ध रहेर विभिन्न सामाजिक कामहरू गर्दै आएकी छन् ।

यसै बर्षको अन्तिम सम्ममा उनको अर्को नयाँ आधुनिक गीत पनि बजारमा आउने तयारीमा रहेको उनले बताइन् ।

More News last news
Loading...