मलेसियाका प्रधानमन्त्री यासिनद्वारा राजीनामा

क्वालालम्पुर . मलेसियाका प्रधानमन्त्री मुहिद्दिन यासिनले सोमबार त्यहाँका राजालाई राजीनामा पत्र बुझाएका छन् । संसदमा बहुमत गुमाएपछि उनले राजीनामा दिएका हुन् ।

यासिन प्रधानमन्त्रीमा नियुक्त भएको १८ महिना मात्र पुगेको थियो । उनी गत वर्ष मार्चमा प्रधानमन्त्री बनेका थिए ।

Advertisement

२ सय २२ जना सांसद भएको संसदमा उनी कम बहुमत पाएर सत्तामा आएका थिए।

सरकारमा रहेको सबैभन्दा ठूलो पार्टी युनाइटेड मलेज नेशनल (युएमएनओ)ले यासिनलाई दिएको समर्थन फिर्ता गर्दै राजीनामा दिन दबाब दिएको थियो ।

यासिनले सेप्टेम्बरमा विश्वासको मत लिएर बहुमत भएको पुष्टि गरी देखाउने बताएका थिए।

More News last news
Loading...