यी ७ राशिको भाग्य चम्किदैछ यो साता, हेर्नुहोस् साउन २३ देखि २९ गतेसम्मको साप्ताहिक राशिफल

आफ्नो भविष्यका बारेमा थाहा पाउने जो कोहीको चाहाना हुने गर्छ। ज्योतिषशास्त्रमा राशिफलले पनि तपाईको भविष्य बताउने गर्छ। यो साता तपाईका लागि कस्तो रहला ? हेर्नुहोस् साउन २३ देखि २९ गतेसम्मको साप्ताहिक राशिफल ।

मेष

Advertisement

यो सातामा पुरानो र रोकिएको काम दोहोर्याएर गर्दा सफलता मिल्नसक्छ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । मध्य सातामा लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । यो साताका लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग रातो वा हरियो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको दर्शन गरि यात्रा गर्नाले सफलता मिल्नेछ ।

वृष

यो सातमा नयाँ काम सुरु गर्ने समय छ । बोलीको प्रभाव पनि बढ्नेछ नयाँ कामको थालनी हुनेछ । कसैकसैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण मिल्नेछ । धर्मकर्ममा मन लाग्नेछ । मध्य सातामा स्वास्थ्य प्रति सजगता अपनाउन एकदमै जरूरी छ । यो साताका लागि शुभ अङ्क ८,९ र शुभ रङ्ग खैरो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवीको दर्शन गरि आरम्भ कार्य गर्दा अधिक सफलता मिल्नेछ ।

मिथुन

यो हप्ता भाग्यले विभिन्न अवसर जुराउनेछ । अध्ययन अध्यापनको क्षेत्रमा सफल रहने योग छ । शेयर बजारमा गरेको लगानीले राम्रो प्रतिफल देला । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । साताको अन्त्यमा बोलीको विपरीत अर्थ लाग्न सक्छ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग हरियो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व देवाधिदेव महादेवको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक राम्रो हुनेछ ।

कर्कट

यो सातामा नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । ढिलै भएपनि अधुरा काम सम्पन्न होला । मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । बुधवारबाट कामहरू अधुरै रहलान् । लगानी डुब्ने भय छ सचेत रहनु होला । यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग सेतो र रातो हो । शुभकर्म गर्नु पूर्व आफ्नो कुलदेवताको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

कन्या

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । धार्मिक कार्य सफल रहनेछ । प्राविधिक काममा सफलता प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । साताको मध्यमा महत्वपूर्ण कार्यमा व्यवधान आउने देखिन्छ । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउने छ । यो साताका लागि शुभ अङ्क ३,४ र शुभ रङ्ग घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गरि आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

तुला

यो साता मान प्रतिष्ठामा वृद्धि होला । धार्मिक, सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ । रोकिएका काम पुनः सुरु हुन सक्छ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनेछन् । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग निलो वा हरियो हो । कुनै शुभकर्म गर्नु अघि आफ्नो इष्टदेवताको स्मरण गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

वृश्चिक

यो साता शुभकार्यको चर्चा चल्नेछ । टाढा रहेका आफन्तसँग प्रविधि मार्फत भेटघाट हुनेछ । धन सञ्चयको अवसर प्राप्त हुनेछ र हराएको आत्मविश्वास जाग्नेछ । कसैलाई सापटी दिएको रकम फिर्ता मिल्नसक्छ । रमाइलो यात्रा पनि हुनेछ । यो साताका लागि शुभ अङ्क १,४ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा आरम्भ गर्नु पूर्व शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

धनु

यो सातामा गरेको कार्यमा अवरोध आउला । तर्क, विवाद र प्रतिस्पर्धाबाट टाढै रहनु होला । मनमा दबाब र तनाव बढेको महसुस हुनेछ । साताको अन्त्यबाट न्यायिक कार्यमा सफलता मिल्नेछ । पुँजीबजारको क्षेत्रमा रुचि बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरि आरम्भ गर्दा अधिक शुभ फल मिल्नेछ ।

मकर

यो साता सामाजिक र राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । गरेको काममा सफलता हात पर्नेछ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा दिनेछ । बुधवारबाट कामहरू अधुरै रहलान् । लगानी डुब्ने भय छ सचेत रहनु होला । यो साताका लागि शुभ अङ्क ५,६ र शुभ रङ्ग निलो वा खैरो हो । शुभकर्म गर्नु पूर्व महादेवको ध्यान गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

कुम्भ

यो सातामा शुभकार्यको चर्चा चल्नेछ । मान्यजनको सहयोग प्राप्त हुनेछ । धार्मिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ । साताको अन्त्यमा विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष पनि गर्नु पर्ला । यो साताका लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग खैरो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

मीन

यो साता शुभकार्यको चर्चा चल्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । परोपकारी कार्यमा संलग्न भइनेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । पुँजीबजारको क्षेत्रमा रुचि पनि बढ्नेछ । यो साताका लागि शुभ अङ्क ७,९ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व मृत्युञ्जय भगवानको ध्यान गरि आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

More News last news
Loading...