गैर आवासीय नेपाली संघ, स्कटल्याण्डको अध्यक्षमा भण्डारी, सचिवमा खत्री विजयी

काठमाडौँ । गैर आवासीय नेपाली संघ, राज्य समन्वय परिषद्, स्कटल्याण्डको अध्यक्षमा काशिराम भण्डारी विजयी भएका छन्।आगामी २०२१–२०२३ सम्मको कार्यकालका लागि भएको एनआरएनए स्कटल्याण्डको निर्वाचनमा अध्यक्षमा भण्डारी सहित सचिवमा मनिष खत्री विजयी भएका हुन् ।

उक्त कार्यसमितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा उज्ववल कार्की, सचिवमा मनिष खत्री, शर्मिला ढकाल, सुमी ओझा भण्डारी, प्रजापति शर्मा निर्वाचित भएका छन् । अन्य निर्वाचित सदस्यहरुमा बलिभद्र अम्माई, टिकाराम खराल, कमला श्रेष्ठ, कृष्ण देवकोटा निर्वाचित भएका छन् ।

Advertisement

निर्वाचनमा निर्वाचित भएसँगै निवर्तमान सदस्य मनिष काकीले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै सबै मतदातालाई धन्यवाद दिएका छन् ।

यसैगरी, गैरआवासीय नेपाली संघ युकेको अध्यक्षमा समावेशी समूहका प्रेम गाहा मगर निर्वाचित भएका छन्। युकेमा पहिलो पटक अनलाइन माध्यमबाट गरिएको चुनावको मतदान गत मंगलबार (३ अगष्ट) दिउंसो १२ बजे सकिएता पनि चार दिनपछि मात्रै शनिबार बिहान मतदानको नतिजा घोषणा गरिएको हो।

निर्वाचन कमिटीका अनुसार अध्यक्षमा निर्वाचित अध्यक्ष गाहा मगरले ४,५७४ मत प्राप्त गरेका छन् भने अध्यक्षका प्रत्यासी दीपक श्रेष्ठले २,१९१ र अर्की प्रत्यासी रोजिना प्रधान राईले २,१४८ मत प्राप्त गरेकी थिइन् ।

More News last news
Loading...