काठमाडौं । थाइल्याण्डको एक शहरमा बाँदरको दुई समूहले बीच सडकमा लडाइँ गर्दा घण्टौँसम्म सडक जाम भएको छ। यो घटना थाइल्याण्डको चर्चित पर्यटकीय क्षेत्र लोपबुरीको हो।
एक सय भन्दा बढीको संख्यामा रहेका बाँदरहरुको दुई समूहले बीच सडकमै घण्टौँसम्म लडाइँ गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।
भिडियोमा बाँदरहरुको दुई वटा समूहले ठूलो ठूलो आवाजमा चिच्याउँदै विपक्षसँग लडाइँ गरेको स्पष्ट देखिन्छ। करिब एक घण्टासम्म बाँदरहरु लडाइँ गरिरहेपछि सडक पूरै जाम भएको थियो।
हेपाटाइटिसबाट प्रति सेकेन्ड १ जनाको मृत्यु
आज विश्व हेपाटाइटिसबाट प्रतिसेकेन्ड १ जनाको ज्यान जाने गरेको छ । हरेक वर्ष १० लाख ४० हजार बिरामीको मृत्यु हुने गरेको तथ्याङ्क छ। त्यसमध्य हेपाटाइटिस “बी” र हेपाटाइटिस “सी” बाट ९० प्रतिशतको मृत्यु हुन्छ, जबकि बाँकी १० प्रतिशत अन्य हेपाटाइटिस भाइरसका कारण हुन्छन्।
कोरोना संक्रमणको जोखिम कायमै भएकाले नेपालमा कुनै भौतिक कार्यक्रम भने नहुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । हेपाटाइटिस ‘ए’ देखी ‘इ’ सम्म गरी जम्मा पाँच प्रकारका हुन्छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
