काठमाडौँ । हरेक आस्थावान व्यक्तिको लागी भगवानको मन्दिर (temple of god) निकै महत्वपूर्ण हुन्छ । जब घर बनाएको मन्दिरको कुरा आउँदछ, यसलाई लिएर केही सावधानीहरू पनि अपनाउनु पर्दछ।
पुजाकोठामा भक्तहरुले मानसिक शान्ति पाउँदछन् । भने त्यही सकारात्मक उर्जा (positive energy) पनि प्राप्त गर्दछन्। हरेक दिन घरमा भगवानको पुजा र उपासना गर्दा हामीमा भगवानको आशिष् र उहाँको आर्शिवाद सधैँ मिलिरहन्छ।
घरमा रहेको पुजाकोठामा विभिन्न देवी देवताको मूर्ति राखिन्छ । जहिलेपनि घरमा रहेको पुजाकोठाको (place of worship) विशेष महत्व हुन्छ । यस्तो अवस्थामा, मानिसहरु पूजा गर्दा केहि गल्तीहरू गर्ने गर्छन्। यसको परिणम हामीलाई नकरात्मक (negative) रुपमा मिल्दै जान थाल्छ ।
त्यसकारण, पूजाको क्रममा यी गल्तीहरू गर्नबाट जोगिनुहोस्। यदि तपाइँको घरमा पनि मन्दिर छ भने, तपाइँले यससँग सम्बन्धित महत्वपूर्ण कुराहरुलाई ध्यानमा राख्नु धेरै महत्त्वपूर्ण छ।
यदि तपाईंको घरमा पूजाकोठा बनाइएको छ भने वास्तु विज्ञानका अनुसार त्यहाँ नियमित पूजा गर्नुपर्दछ भन्ने विश्वास छ। साथै, यो कुरा ध्यानमा राख्नुहोस् कि घरको पूजा कोठामा भुलेर पनि चाबी नलगाउनुहोस्। यदि तपाई धेरै दिनको लागी घर बाहिर बस्नु परेमा यस्तो प्रबन्ध गर्नुहोस् कि तपाईंको अनुपस्थितिमा पनि घरमा नियमित रूपमा पुजा होस् ।
यो कुरालाई ध्यान दिनुहोस् कि भुलेर पनि आफ्नो वा अरु कुनै बेडरुममा पुजाकोठा नबनाउनुहोस् । धेरै मानिसहरू आफ्नो बेडरूममा पूजा घर बनाउने गल्ती गर्छन्। वास्तु शास्त्रका अनुसार बेडरुममा पूजा गर्ने ठाउँ हुनु हुँदैन। यस कारणले गर्दा परिवारका सदस्यहरू बीचमा मनमुटाव उत्पन्न हुने सम्भावना बढी हुन्छ।
वास्तु शास्त्रका अनुसार यो विश्वास गरिन्छ कि शौचालय, नुहाउने घर र भान्छाको भित्तासँगै पूजाकोठा भित्ता बनाउनु हुँदैन। साथै, पूजाकोठामा बासी फूल, माला, धूपबत्ती राख्नुहुदैन । यसले नकारात्मक ऊर्जा उत्पन्न गराउँदछ ।यसको असरले लाभ आदिमा नराम्रो असर पर्न सक्छ।भ
यो कुरालाई ध्यान दिनुहोस् कि तपाईंको घरको मन्दिर त्यति ठूलो हुनुहुँदैन । वास्तु शास्त्र र धर्मशास्त्रका अनुसार यो मानिन्छ कि घरमा ठूलो मन्दिर निर्माण हुँनुहुदैन।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
