काठमाडौँ । विवाहलाई पवित्र बन्दन मानिने गरिन्छ। विवाहपछि युवतीहरु पराई घरमा श्रीमती बनेर जाने प्रचलन नेपाली समाजमा छ।
पराई घरमा पुगेर नयाँ जीवनको सुरुवात गर्न युवतीका लागि पक्कै पनि सजिलो हुँदैन्। पराई घरमा कसैले दुख र कसैले सुखको जीवन भोक्नु पर्ने अवस्था आउने गर्दछ। तर शास्त्रका अनुसार केही यस्ता राशि भएका युवतीहरु छन्। जसले श्रीमानको घरमा राज गरेर बस्ने अवसर प्राप्त गर्दछन्।
आउनुहोस् जानौँ कुन कुन हुन् ती राशि ?
कन्या राशि
यो राशी भएका महिलाहरुमा श्रीमानलाई सजिलै काबुमा राख्ने क्षमता हुन्छ। यी राशी भएका महिलाहरु आफ्नो कर्मघरमा आफ्नो उपस्थिति बलियो रुपमा प्रस्तुत गर्ने गर्छन।
आफ्नो पतिलाई नियन्त्रणमा राख्नको लागि साम, दाम,दण्ड, भेदको समेत प्रयोग गर्न पछि पर्दैनन् । यस राशिका महिलाहरु आफ्नो कर्मघरलाई स्वर्ग बनाउन हर सम्भव प्रयत्न गरिरहन्छन्।
वृश्चिक राशी
यो राशी भएका महिलाहरु अफ्ठ्यारो परिस्थतिमा रुष्ट रहेका व्यक्तिलाई आफ्नो पक्षमा पार्न सक्ने क्षमताका हुन्छन्। यस राशिका महिलाहरु आफ्नो पतिलाई पनि आफ्नो नियन्त्रणमा राख्ने गर्छन्।
पतिको कुरा सुन्दै परिवारमा राज गर्ने यस राशिका महिलाहरु आफ्नो कुरा राख्न अलिकति पनि डराउदैनन्। परिवारको हरेक कार्यमा आफै हावी हुने आदत यिनीहरुमा हुन्छ।
कर्कट राशि
यो राशी भएका महिलाहरु जिद्दी हुन्छन् । साथै अरुलाई सहजै मनाउन सक्ने खुबी यिनीहरुमा हुन्छ। घर परिवारमा हुने हरेक कार्यको निर्णयमा आफ्नै प्रभाव जमाउने खालका हुन्छन्। श्रीमानलाई मनाउन यिनलाई कुनै कठिनाई हुँदैन। कर्कट राशि भएका बुहारीले घरमा राजनै गर्छन्।
सिंह राशि
यो राशी हुने महिला व्यवहारमा अत्याधिक जिद्दी मानिने र आफ्नो पतिलाई जिद्दीलेनै नियन्त्रणमा राख्न सक्षम हुने गर्छन। कर्मघरमा हुने हरेक कार्यमा आफ्नो संलग्नता कायम राख्न खप्पिस हुनाले आफ्नो कर्मघरमै राज नै गर्ने गर्छन्।
वृष राशि
भाग्यको मामिलामा वृष राशिका महिला सबैभन्दा अगाडि पर्दछन् किनकी यि राशिका महिला जहाँ जान्छन् त्यहाँको वातावरणलाई नै खुशी नै खुशी ले भर्ने काम गर्दछन्। जब कोही व्यक्तिसँग सम्बन्धमा जोडिन्छन् तब दिलबाट नै सम्बन्धमा बस्न चाहान्छन्।
यी राशिहरु विवाह गरेर जुन घरमा जान्छन् त्यो घरको आउनेवाला करियर र व्यापार व्यवसायमा उन्नति देखिन थाल्छ । र यस्ता राशिले परिवारका सदस्यलाई एकजुट गरेर राख्ने गर्दछन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
