निकै जिद्दी स्वभावका हुन्छन् यी राशिका व्यक्ति, गल्तीलाई पनि स्वकार्न हुँदैनन् तयार

काठमाडौँ । ज्योतिष विद्यालाई हिन्दु धर्मले विशिष्ठ स्थान दिएको छ। जब हिन्दु धर्मका कुनै शुभ काम सुरु गरिन्छ, तब राशी, कुण्डली र नक्षत्र हेरिन्छ।

भनिन्छ, यो गृह नक्षत्रले तपाईको राशी अनुसारको प्रवृत्ति देखाउन सक्छ। ज्योतिष शास्त्रमा १२ राशिको सम्बन्ध कुनै न कुनै गृहसँग आवश्यै जोडिएको हुन्छ।

Advertisement

आज हामी तपाइलाई केही यस्ता राशीको बारेमा बताउन गइरहेका छौ, जसको स्वभाव अत्यान्तै जिद्दी हुन्छ।

मेष राशी : यो राशी भएका व्यक्ति एकदमै जिद्दी स्वभावका हुन्छन्। खासगरी उनीहरु अर्को व्यक्तिको हस्तक्षेप सहदैनन्। जब कुनै व्यक्तिले उनीहरुको जीवनमा दख्खल दिन्छ, उनीहरु एकदमै आक्रोसित हुन पुग्छन्।

उनीहरु अक्सर त्यही काम गर्छन्, जुन उनीहरुको दिल र दिमागले गर्न भन्छ। उनीहरु हरेक कुरा सोच बिचार गरेर मात्र निर्णय लिन्छन्।

कर्कट राशी : यो राशी भएका व्यक्ति यति जिद्दी हुन्छन् की, उनीहरु आफ्नो कुरा गलत नै भएपनि त्यसलाई स्विकार्न तयार हुँदैनन्। उनीहरु के ठान्छन् भने आफुले सोचेको सबै कुरा ठिक हो।

यदि कसैले जिद्दी गरेमा उनीहरु झगडा गर्न पनि पछि पर्दैनन्। कतिपय अवस्थामा यी राशी भएका व्यक्तिलाई एडजस्ट गर्न गाह्रो हुन्छ।

तुला राशी : यो व्यक्तिको जिद्दीपन अनौठो हुन्छ। उनीहरु अरुको कुरा त सुन्छन् तर त्यसलाई स्विकार्न तयार हुँदैनन्। जस्तो कि उनीहरुलाई कसैले राम्रो वा नराम्रो सल्लाह दिन सक्छन्।

उनीहरु यस्ता सल्लाह सुन्छन् पनि। तर कन्भिन्स भने हुँदैनन्। आफुलाई जे ठिक लाग्छ त्यही गर्छन्।

More News last news
Loading...