आज धनको वर्षा हुने यी ५ राशिको भाग्य हेर्नुहोस्

आज मिति २०७८ साल जेठ २५ गते मंगलबार, तदअनुसार सन् २०२१ जुन ८ तारिख । ज्येष्ठ कृष्णपक्ष त्रयोदशी तिथि । आज केही राशिको भाग्य चम्किदैछ भने केही राशि सावधान रहनुपर्ने देखिन्छ। आउनुहोस् हेरौँ आज भाग्य चम्किने राशि कुन कुन हुन् त ?

बृष

Advertisement

आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। प्रेमीको सहयोग प्राप्त हुनेछ। छोटो यात्रा पनि होला।

मिथुन

महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ । साथीभाईको विशेष सहयोग रहनेछ । शुभ समाचार सुन्न पाउनु हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। प्रेममा सफलता प्राप्त हुनेछ।

सिंह

नयाँ अवसर आउन सक्नेछन् । रमणीय यात्राको योग छ । धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछ । प्रणय सम्बन्ध श्रेष्ठकर हुने योग छ।

बृश्चिक

उपहार प्राप्त होला । बादबिवादमा तपाईँकै जित होला । शुभकार्यको चर्चा चल्नेछ । मिष्ठान्न भोजन प्राप्त होला । प्रेममा सफलता प्राप्त हुनेछ।

मकर

आर्थिक पक्ष राम्रो बन्नेछ । पराक्रम बढ्नेछ । अरूलाई प्रभावित गरेर काम लिन सकिनेछ। आफन्तहरूसँग भेटघाटको अवसर मिल्नेछ । अधुरा कार्यहरू पुरा होलान्।

More News last news
Loading...