पीडा लुकाएर बाहिर मुस्कुराउँछन् यी राशिका व्यक्ति, आफ्नो दु:ख देखाउँदैनन् अरुलाई

काठमाडौँ ।भनिन्छ, दुख बाड्दा कम हुन्छ । तर कोही व्यक्ति यस्ता हुन्छन्, आफ्नो दुख अरुलाई शेयर गर्दैनन्। ज्योतिषशास्त्रका अनुसार १२ राशि मध्ये ४ राशिले आफ्नो दुख अरुसँग शेयर गर्दैनन्। यी हुन अरुसँग दुख शेयर नगर्ने राशि ?

कर्कट राशि : कर्कट राशि भएका व्यक्तिले आफ्नो दुख अरुसँग शेयर गर्दैनन्। यस राशिका व्यक्ति निकै भावुक हुने गर्दछन्। साथी रोज्नमा अलि समय लगाउने गर्दछन्। जीवनमा कुनै समस्या आयो भने उनीहरु आफ्नै प्रयासमा उक्त समस्या हटाउने गर्दछन्।

Advertisement

कन्या राशि : कन्या राशि भएका व्यक्तिहरु सकारात्मक हुने गर्दछन्। दोस्रो व्यक्तिका सामु सधै हाँसी रहन्छन्। कयौँ पटक यी व्यक्ति निकै समस्यामा पर्ने गर्दछन् तर आफ्नो हाँसो कहिलै लुकाउने गर्दैनन्। यी व्यक्तिलाई देखेर कसैले पनि समस्यामा परेको भन्ने सोच्दैन्।

वृश्चिक राशि : वृश्चिक राशि भएका व्यक्ति मजबूत इच्चा शक्तिका मालिक हुने गर्दछन्। आफैमा विश्वास गर्दछन् र ठूला ठूला समस्या पनि धैर्यताका साथ हटाउने गर्दछन्। यस्ता राशिका व्यक्तिले पनि आफ्नो समस्या अरुसँग शेयर गर्दैनन्।

कुम्भ राशि : यस्ता राशि भएका व्यक्तिको स्वभाव गम्भिर हुने गर्दछ। यी व्यक्तिले अरु व्यक्तिलाई समस्या परेको छ भने सहयोग गर्न तयार हुन्छन् तर आफ्नो समस्या भने एक्लैले सुल्झाउने गर्दछन्।

More News last news
Loading...