भगवान शिवका प्रिय हुन्छन् यी राशिका व्यक्ति, नाम जप गर्दा मात्रै पनि मिल्छ सफलता

काठमाडौँ । भन्ने गरिन्छ हरेक व्यक्तिमा फरक-फरक भगवानको अंश हुनेगर्छ। भगवानको आस्थामाथि कसैले पनि नकार्न सक्दैन। यी र यस्ता कुराहरु धार्मिक ग्रन्थमा उल्लेखित रहेका छन्। अझ धार्मिक ग्रन्थलाई आधार मान्ने हो भने भगवानको उचित आराधनापछि भगवानको आशिर्वाद मिल्ने गर्छ।

ज्योतिषशास्त्रमा १२ वटा राशि उल्लेख गरिएको छ। १२ राशिमध्ये केही राशिका व्यक्ति भगवान शिवका प्रिय हुनेकुरा शास्त्रमा उल्लेख गरिएको छ। ती राशिका व्यक्तिमा सधैँ भगवान शिवको कृपा मिल्ने गर्दछ।

Advertisement

आउनुहोस् जानौँ कुन कुन हुन ती राशि ?

वृष राशिः यस राशिको जातलाई मंगल एकदम राम्रो मानिन्छ । वृष राशिको मानिस भगवान शिवको स्वरूपको निकै नजिक हुन्छन।

यस राशिको मानिस चाहे दुखमा होस वा सुखमा सधै भगवानको जप गर्ने गर्छन जसकारण भगवान शिव यिनीहरुको हरेक कामना पुरा गर्ने गर्छन । यस राशिका व्यक्ति सोमबार शिव मन्दिर गएर शिवलिंगमा जल चढाउनु निकै शुभ मानिन्छ।

कर्कट राशिः वृष राशि पछि कर्कट राशि माथि भगवान शिव निकै खुशी हुन्छन र आफ्नो कृपा पनि बर्साउछन । यस राशिको मानिस शिवको भक्तिमा सधै तलिन रहन्छन।

यस राशिको मानिस भगवान शंखरको कुनै पनि व्रत वा चाडपर्वमा व्रत राख्न छोड्दैनन। भगवान शिवको सधै यो राशि माथि कृपा रहने गर्छ।

मकर राशिः मकर राशिका जात भएका व्यक्ति भगवान शिवको ज्यादा करिब हुन्छन। यस राशिमाथि आउन लागेको आपदलाई भगवान शिवले पन्छाउने गर्छन। यी राशि भएका व्यक्ति जीवनको हरेक उतार चढ़ावमा भगवान शिवको नाम लिन भुल्दैनन।

यसकारण भगवान शिव यी राशिमाथि आफ्नो कृपा बर्साउछन। सोमवारको दिन शिवलिंगमाथि दूध चढाउनाले यी राशिलाई एकदम फाईदाजनक हुनेछ।

More News last news
Loading...