विवाहको ५ दिनपछि फुपुको छोरासँग बेहुली फरार, पतिले लगाइरहे पत्नी खोज्न गुहार

काठमाडौँ । भारतको बिहारमा दाजु बहिनीको विवाहको घटना सार्वजनिक भएको छ। बिहार राज्यको गोपालगञ्ज जिल्लामा विवाहको ५ दिनपछि दुलही फुपुको छोरासँग फरार भएकी हुन्।

यो प्रेम जोडी यस अगाडि पनि भागिसकेको थियो। भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचारका अनुसार ती युवती इनगेजमेन्टको दोस्रो दिन पनि दाजुसँग भागेकी थिइन्। पछि उनलाई परिवारले सम्झाइ बुझाई फिर्ता लिएर आएका थिए।

Advertisement

फिर्ता ल्याएर आएपनि उनीहरुले ती युवतीलाई विवाहका लागि राजी बनाएका थिए। उक्त विवाह युवतीको सहमती वेगर भएको मांझागढ पुलिस चौकीलाई उदृत गर्दे समाचारमा उल्लेख गरिएको छ।

युवतीको विवाह उनको सहमती बिना अर्कै ठाउँमा तय भएपछि उनी प्रेमीसँग भागेकी थिइन्। तर परिवारले फेरि उनलाई फिर्ता बोलाएर विवाहका लागि मनाएको थियो। तर विवाहपछि पनि ती युवतीले प्रेमलाई भुल्न सकिनन् र ५ दिनमै पतिलाई छोड्न प्रेमसँग फरार भइन।

बेहुली फरार भएपनि बेहुला पत्नीको खोजीसँग माग गर्दै बारम्बार प्रहरी चौकी धाइरहे । तर प्रहरीले कुनै कारबाही गरेन।

त्यसपछि सारण मण्डलका डिआइजीले उक्त केस सम्हाले। पछि पीडित पतिको उजुरीका आधारमा ३ जनाविरुद्ध मुद्धा चलाएको बताइएको छ।

More News last news
Loading...