कुम्भ राशि हुनेहरूका लागि वि.सं. २०७८ साल वर्षको पूर्वाधको तुलनामा उत्तरार्ध केही राहतप्रद रहने छ । वर्षको शुरुमा आयको तुलनामा व्यय तथा खतिक्षति बढाउने देखिएको छ । गोचरग्रहको परिषद्को अवस्था त्यति सकारात्मक नदेखिएको हुनाले विशेष सजगतापूर्वक जनव्यवहार एवं स्वकार्यको सम्पादन गर्नु उचित हुनेछ ।
प्रदेश जाने, मुग्लान पस्ने, घरपरिवारबाट टाढा हुने योग परेको हुनाले दलालीबाट बँचेर यात्रा सम्पादन गर्नु उचित हुनेछ । शत्रु प्रभाव बढ्ने गोचरयोग परेको हुनाले लोकव्यवहार एवं कार्यक्षेत्रमा निकै सावधानी अप्नाएर अघि बढ्नु बुद्धिमानी हुनेछ ।
खेलाडी, शारीरिक परिश्रम एवं कृषि र कलाजन्य क्षेत्रमा आवधिक सफलता प्राप्त हुनेछ । जन्म समयमा शनि आदि ग्रह अनुकूल अर्थात कारक रहनेको हकमा भने आकस्मिक उपलब्धि, लाभ एवं राजमान तथा अधिकार प्राप्ति हुनसक्ने छ । विना मेहनतको कैफियत आम्दानितर्फ चेष्टा बढ्नसक्ने र त्यसले पछि पश्चातापमा पार्नसक्ने खतरा देखिएकाले निकै होस पुर्याउनु बुद्धिमानी हुनेछ । कर्मयोगीहरुका लागि निस्काम कर्मबाट अन्ततः उपयुक्त उपलब्धि लिनसकिने छ । वर्षको उत्तरार्धमा अध्ययनमा अग्रता मिल्ने छ ।
वार्षिक राशिफलको पूरा भिडियो :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
