काठमाडौँ । ज्योतिषशास्त्रका अनुसार जुन व्यक्तिको कुण्डलीको पहिलो, चौथो, सातौँ, आठौँ वा बाह्रौँ भावमा मंगल छ, ती व्यक्ति मंगल हुने गर्दछन्।
मंगल दोषका कारण व्यक्तिको विवाहमा समस्या आउने गर्दछ। मंगल दोष हटाउनका लागि शास्त्रमा विभिन्न उपाय बताइएको छ। आज हामी तपाईलाई शास्त्रमा उल्लेख गरिएका मंगल दोष हटाउने केही नियमका बारेमा जानकारी दिदैछौँ।
यस्ता छन् मंगल दोष हटाउने केही उपायः
१) समय समयमा तामाको भाँडा दान गर्नुहोस्। यसो गर्दा मंगल दोषबाट मुक्ति पाउन सक्नुहुनेछ।
२) हरेक मंगलबाट भगवान् हनुमानलाई सिन्दुर र चमेलीको तेज चढाउने गर्नुहोस्। हनुमानलाई प्रन्न बनाउँदा मंगलदोष हट्ने शास्त्रमा उल्लेखछ।
३) शिव भगवानलाई सृष्टीकर्ता मानिने गरिन्छ। शिलाई प्रसन्न बनाउन सकेमा पनि मंगलदोष हट्ने शास्त्रमा बताइएको छ। शिवलाई प्रसन्न बनाउन शिवलिंगमा रातो गुलाब, रातो चन्दन र रातो फूल चढाउने गर्नुहोस्।
४) मंगलबार मुसुरोको दाल दान गर्नुहोस्।
५) भुइँमा सुत्नु स्वास्थ्यका लागि फाइदाजनक हुने गर्दछ। मंगलदोष भएका व्यक्ति भुइँमा सुत्दा झनै उत्तम मानिने गर्दछ। हरेक मंगलबार भुइँमा सुत्दा मंगल दोष हट्ने विश्वास गरिन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
