कहिलै नगर्नुहोस् भगवानका यी ५ मूर्तिको दर्शन, बढ्न सक्छ समस्या

काठमाडौँ । वास्तुशास्त्रका अनुसार भगवानका केही मुर्ति यस्ता हुन्छन्, जसको दर्शन गर्नु अशुभ मानिन्छ। भगवानको यस्तो स्वरुप वा मूर्तिका बारेमा तपाईले ध्यान दिनु पर्ने हुन्छ।

वास्तुशास्त्रका भगवानको मूर्ति वा दिशाका बारेमा पनि विभिन्न कुरा उल्लेख गरिएको छ। यी कुराको ध्यान नराख्दा त्यसको अशुभ फल मिल्ने गर्दछ र वास्तु दोष सुरु हुने गर्दछ। वास्तु ग्रन्थमा बताइएका यस्ता भगवानका मूर्तिका बारेमा आज हामी तपाईलाई खास कुराको जानकारी दिदैछौँ।

Advertisement

१) भगवानको मूर्तिलाई घरमा यसरी राख्नुहोस्, जसको पछिल्लो भाग वा ढाड नदेखियोस्। भगवानको ब्याक पिन देखिनु अशुभ मानिने गरिन्छ।

२) पुजा स्थलमा एकै भगवानको दुई मूर्ति राख्नु पनि अशुभ मानिने गरिन्छ। खासगरी एकै भगवानका दुई मूर्ति आमने सामने रहेको मूर्तिको दर्शन गर्नु अशुभ मानिन्छ। यसले घरमा झगडा उत्पन्न हुने शास्त्रका उल्लेख छ।

३) जतिसुनै महंगो मूर्ति होओन्, तर फुटेको मुर्तिको दर्शन गर्नु अशुभ मानिने गरिन्छ। यस्तो मूर्तिको दर्शन वा पुजा गर्नु अशुभ फलको कारण बन्न सक्छ।

४) मन्दिरमा भगवानको मूर्ति राख्दा सौम्य र हात आर्शिवादको मुद्रामा रहेको मूर्ति राख्नु पर्दछ। रौद्र र उदास भगवानको मूर्तिको दर्शन गर्दा नकारात्मक उर्जा संचार हुने वास्त्रमा उल्लेख छ।

५) भगवानले युद्ध गरिरहेको वा विनाश गरिरहेका मूर्तिको दर्शन गर्नु गर्न हुँदैन्। यस्तो मूर्तिको दर्शन गर्दा दुख प्राप्त हुने गर्दछ।

६) घरको मन्दिरको मूर्तिको उचाई हातको औँठा जति हुनु पर्दछ। यो भन्दा धेरै उचाईमा मूर्ति राख्नु अशुभ मानिन्छ।

More News last news
Loading...