भोलिको जुलुशका लागि प्रचण्ड र माधवले तोके कमाण्ड, अग्रपंतिम महरा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले भोलि काठमाडौँमा बृहत्त विरोध प्रदर्शन तथा आमसभा गर्ने भएको छ।

त्यसको लागि उक्त समूहले तयारी गरिसकेको छ। भोलिको सभाको पूर्वसन्ध्यामा आज काठमाडौंको भृकुटीमण्डपमा मार्चपास गर्दैछ।

Advertisement

भोलिको प्रदर्शन तथा जुलुसहरू निस्किने स्थानमा पार्टीका नेताहरू खटाएको छ। सूचनाअनुसार पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व स्थायी समिति सदस्य कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्तलगायतले गर्नेछन्।

त्रिपुरेश्वर क्षेत्रको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाललगायत नेतालाई जिम्मेवारी दिइएको नेकपाले जनाएको छ।

प्रचण्डले यो विरोध प्रदर्शनलाई व्यापक बनाउन सोमबार काठमाडौंमा आयोजित एक सभाबाट कार्यकर्तालाई निर्देशन दिएका थिए।

हालै प्रधानमन्त्री ओलीले पनि दरबारमार्गमा सभा गरेका थिए। उक्त सभामा ३५ हजारजति मानिस भेला भएको भन्दै प्रचण्डले अब आफूहरूले जित्ने वातावरण बन्दै गइसकेको र ओलीले हार्ने अवस्था सिर्जना भइसकेको दाबी गरेका थिए।

More News last news
Loading...