काठमाडौँ । लामो होस् या छोटो दैनिकजसो यात्रा गर्ने हामी बाटोमा विभिन्न चिजहरु देखेका हुन्छौँ।
धर्मशास्त्रमा बताए अनुसार केही यस्ता अपवित्र चिज रहेका छन् जुन चिजहरुबाट बाटा हिड्दा जोगिएर हिड्नुपर्छ। शास्त्रले अपवित्र भनिएका चिजहरु बाटो हिड्दा देखेमा वा छोएमा नुहाएर मात्रै अरु काम गर्नुपर्छ।
त्यसकारण यस्ता चिजहरुको ख्याल नगरेमा झुक्किएर ती चिजहरु छोएमा धेरै प्रकारका दोषहरु आउने गर्छन् भने जीवनभरि नराम्रो प्रभाव पर्छ । हेरौँ शास्त्रले छुट्याएको अपवित्र चिजहरु केके हुन् त।
१) कपाल
यदि तपाईले बाटो हिड्दै गर्दा कपालको पोके देख्नुभएको छ भने त्यसबाट जोगिएर हिड्नुहोला। किनकी शास्त्रले शरिरबाट झरेको कपाललाई पनि अपवित्र मान्छ।
२) तन्त्रमन्त्रका चिजहरु
कतिपयले नराम्रो नजर उर्तान, तन्त्रमन्त्र प्रयोग गर्ने गर्छन्। त्यस्त चिजलाई सडक वा चौबाटोमा फालेका हुन्छन् । जस्तै खुर्सानी, कागती, अण्डा, फर्सी, सिन्दुर जस्ता कुराहरु बाटोमा भेटे बेवास्ता गरेर हिड्नुर्पछ।
३) फोहोर कपडा
बाटोमा सिहड्दै गर्दा फोहोर कपडा भेटेमा त्यस्ता चिजहरुबाट समेत बचेर हिड्नुर्पछ। यस्ता कपडाहरुले पनि अपवित्र बनाउछ।
४) खरानी
कहिलेकाही बाटोमा हिड्दा खरानी भेटिन्छ। त्यसबाट बचेर हिड्नु राम्रो हुन्छ। किनकी यस्ता खरानीहरु कुनै तन्त्रमन्त्र गरेर राखेको पनि हुन् सक्छ।
५) मृत पशु
यदि कतै मृत पशु देखेमा पनि बचेर हिड्पर्छ। मृत पशु छुनाले दोष लाग्न सक्छ। यदि छोइहालेमा पनि नुहाउनुपर्छ।
६) नुहाएको पानी
शहर बजारका मानिसहरु बाथरुममा नुहाउँछन्। तर गाउघरमा धारा, पधेँरा, कुवा, वा ट्वाइलेट नजिकै नुहाउने गर्छन्। नुहाएको पानी सडकका बगिरहेको हुन्छ । यदि बाटोमा हिड्दा यसरी बगेको पानी देखेमा छलेर हिड्नुपर्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
