काठमाडौँ । जीवन साथीको खोजी गर्ने बेलामा हामी धेरै कुरा हेर्ने वा जान्ने प्रयास गर्दछौँ। हामीले दुई चार महिनाका लागि हैन जीवनभर साथ दिन जीवन साथी रोजेका हुन्छौँ। जब कुरा पुरै जीवनको हुने गर्दछ भने तपाई कुनै रिस्क लिन सक्नुहुन्न ।
सबै कुरा बुझिसकेपछि जीवन साथीको राशिका बारेमा पनि थाहा पाउन आवश्यक हुने गर्दछ। किनकी हरेक राशिका व्यक्तिको स्वभाव फरक फरक हुने गर्दछ। आउनुहोस् जानौँ कुन राशिका महिलाले आफ्नो पतिलाई आफ्नो औँलामा नचाउने गर्दछन् ?
वृश्चिक राशि
वृश्चिक एक जल राशि हो। जुन शान्त, विनम्र र रहस्यमय स्वभावका लागि चिनिन्छ। यस्ता राशिलाई बुझनु सजिलो छैन तर यिनीहरुका लागि दोस्रोको मनको कुरा बुझन् चुट्कीको काम जस्तै हो। यी राशिका महिला आफ्ना पतिप्रति हावी रहने गर्दछन् र उनीहरुलाई कन्ट्रोलमा राख्ने गर्दछन्।
मेष राशि
मेष राशि हुने युवतीको चाहना हुने गर्दछ आफ्नो विवाह यस्तो व्यक्तिसँग होओस्, जसको जीवनमा सबै भन्दा पहिलो र महत्वपूर्ण उ रहोस्।
आफ्नो कुरामा दोस्रो व्यक्तिलाई कसरी राजी गर्ने भन्ने कुरामा यस्ता राशि हुने युवती निकै सिपालु हुने गर्दछन्। यस्ता राशिका युवतीले आफ्नो पतिलाई सधै आफ्नो नियन्त्रणमा राख्ने गर्दछन्।
सिंह राशि
सिंह राशि हुने मानिसको स्वामी सूर्य हो। यस्ता राशिका मानिसले जुन व्यक्तिसँग प्रेम गर्दछन्, त्यसलाई अन्त्यसम्म निभाउने गर्दछन्। यस्ता राशिका व्यक्ति आफ्नो पार्टनरप्रति पूर्ण समर्पित हुने गर्दछन्। यस राशिका युवतीलाई आदेश दिन आउने गर्दछ।
तर कसैले आदेश दिनमा यिनीहरु सहन सक्दैनन्। यस्ता राशिका युवतीले कसैको जीवनमा चासो राख्न मन पराउँदैनन्। यस्ता राशिका युवतीले पतिलाई पूर्ण रुपमा आफ्नो बसमा गर्न मन पराउँछन्।
कन्या राशि
कन्या राशिका युवती निकै शान्त स्वभावका हुने गर्दछन्। यिनीहरुको जीवनमा कयौँ समस्या किन नआओस् हाँसेरै सामना गर्ने गर्दछन्। यी राशिका युवती आत्मविश्वाससँग परिपूर्ण हुने गर्दछन्।
यिनीहरुलाई कसैको अगाडि झुक्न मन पर्दैन्। त्यसैले यस्ता राशिका युवतीले आफ्नो पतिलाई आफ्नो नियन्त्रणमा राख्ने गर्दछन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
