कुण्डलीमा चन्द्रमा अशुभ स्थानमा छ भने गर्नुहोस् यी काम

काठमाडौँ । ज्योतिष शास्त्रका अनुसार जसको कुण्डलीमा चन्द्रमा अशुभ स्थानमा हुन्छ, उनीहरुको मन अशान्त हुने गर्दछ।

यस्ता मानिसहरु एउटा काम धेरै समय गर्न सक्दैनन्। मातासँग सम्बन्धित सुख पनि उनीहरुलाई मिल्दैन्। ज्योतिषाचार्य प्रविण द्धिवेदीले चन्द्रमाको अशुभ प्रभाव कम गर्नका लागि केही उपायका बारेमा जानकारी गराएका छन्।

Advertisement

चन्द्रमा अशुभ स्थानमा छ भने गर्नुहोस् यी कामः

१) हरेक दिन शिवलिंगको अभिषेक गाईको दुधबाट गर्नुहोस्।

२) दायाँ हातको सबै भन्दा छोटो औँलामा मोतीसहितको चाँदीको औठी लगाउनुहोस्।

३) तकियाको मुनी चाँदीको औँठी राखेर सुत्नुहोस्।

४) पूर्णिमाको दिन चन्द्रमाको दर्शन गर्नुहोस् र खिर चढाउनुहोस्।

५) हरेक दिन बिहान माताको खुट्टा ढोकेर मात्र बाहिर निस्किनुहोस्।

More News last news
Loading...