काठमाडौँ । कयौँ पटक हामीले हरेक दिन पूजापाठ गछौँ, तर त्यसको फल मिल्दैन्। पुजा गर्दा हामीले गर्ने साना साना गल्तीका कारण हुने गर्दछ। हिन्दु शास्त्रमा हामीलाई पुजा गर्दा के गल्ति गर्न हुँदैन्, के कुरामा ध्यान दिनु पर्दछ भन्ने बारे उल्लेख गरिएको छ।
भगवान वराहले वराह पुराणमा पुजाको समयमा निषेश गरिएका कामका बारेमा बताएका छन्। यस पुराणमा वराह भगवानले पूजासँग जोडिएका केही कामका बारेमा बताएका छन्।
१) गलत कामबाट कमाएको पैसा भगवानलाई नचढाउनुहोस्। यसलाई अपराध मानिने गरिन्छ।
२) नीलो वा कालो रंगको कपडा पुजाका समयमा लगाउनु हुँदैन्।
३) शवको स्पर्श गरेपछि स्नान नगरी पुजा गर्नु हुँदैन्।
४) संभोग गरीसकेपछि स्नान नगरी पुजा गर्नु हुँदैन् । यसलाई अपराध मानिने गरिन्छ।
५) रिसाएको बेला भगवानको उपासना गर्दा फल मिल्दैन्।
६) अँध्यारोमा भगवानको मूर्ति वा तस्वीरलाई स्पर्श गर्नु वा पुजा गर्नु अपराध मानिने गरिन्छ।
७) घण्टी वा शंख आदीको आवाज नदिइ पूजा गर्दा गभवानले स्वीकार गर्दैनन्।
८) केही खाइसकेपछि कुल्ला नगरी वा पानी नपिइ पुजा गर्दा फल प्राप्त हुँदैन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
