पार्टनर प्रति निकै इमान्दार हुने गर्छन यी राशिका युवती, दिल हुन्छ गंगा जस्तै पवित्र 

काठमाडौँ । हिन्दू धर्ममा सबै युवतीलाई माता लक्ष्मीको रुप मानिने गरिन्छ। देवीको रुपमा पूजा हुने महिलालाई कयौँ पटक आफ्नो पवित्रता देखाउनका लागि कडा तपस्या पनि गर्नुपरेको शास्त्रमा उल्लेख छ।

आज हामी केही यस्ता राशिका युवतीको बारेमा जानकारी दिदैछौँ। उनीहरुलाई गंगा जस्तै पवित्र छन् भन्दा कुनै पटक पर्दैन। सुन्दरताको कुरा गर्नुपर्दा पनि यिनीहरु निकै आकर्षक देखिन्छन्।

Advertisement

आउनुहोस् जानौँ कुन-कुन हुन् ती राशि ?

मिथुन राशि 

मिथुन राशिका युवती आफ्नो पार्टनर प्रति निकै इमान्दार हुने गर्दछन्। यिनीहरु एक पटक जोसँग प्रेम गर्छन त्यसलाई जीवनभर सच्चा मनले निभाउने गर्दछन्।

यी राशिका युवतीले कहिलै पनि आफ्नो पार्टनरलाई धोका दिदैनन्। यिनीहरुको मन पनि निकै सफा हुने गर्दछ। यस राशिका युवतीले कसैको पनि दुख देख्न सक्दैनन्।

मकर राशि

मकर राशिका युवती पनि मनका निकै सफा हुने गर्दछन्। यिनीहरु कसैसँग पनि आफ्नो मनको कुरा लुकाउँदैनन्। यी राशिका युवतीहरु पछाडिबाट पनि कसैलाई नराम्रो भन्दैनन्।

यिनीहरु कसैको भावनामा ठेस नपुर्याएरै आफ्नो कुरा अरुका सामु प्रष्ट राख्न सक्षम हुन्छन्। यिनीहरु आफ्नो पति वा प्रेमीलाई खुसी राख्नका लागि हर प्रयास गर्ने गर्दछन्।

कुम्भ राशि

कुम्भ राशिका युवती निकै मेहनती हुनुका साथसाथै मनका पनि सफा हुन्छन्। कहिलै पनि कसैको नराम्रो सोच्दैनन्। सम्बन्ध निभाउने मामिलामा यिनीहरु दिमाग भन्दा धेरै मनबाटै सोच्ने गर्दछन्।

यिनीहरु निकै रोमान्टिक पनि हुने गर्दछन्। त्यसैले पार्टनर पनि यिनीहरुसँग खुसी हुने गर्दछन्। यिनीहरुको प्रेम वास्तवमै सच्चा र पवित्र हुने गर्दछ।

More News last news
Loading...