पतिलाई आफु भन्दा धेरै प्रेम गर्नुहुन्छ ? यी ५ गल्ती नगर्नुहोस्, बिग्रिनसक्छ सम्बन्ध

काठमाडौँ । हिन्दू धर्मग्रंथ र धर्मशास्त्रले राम्रो जीवन बिताउने रहस्य बताउँछ। पाठ र धर्मशास्त्रमा दिइएका यी जानकारीहरू प्रयोग गरेर, व्यक्तिले आफ्नो जीवनमा सफलता प्राप्त गर्न सक्छ।

यी पदहरु र शास्त्रहरुमा लेखिएको यस्ता कुराले जीवनको सही मार्ग देखाउन र मानव जीवनमा सुख र शान्ति ल्याउँन मदत गर्दछ।

Advertisement

आज हामी तपाईंलाई गरुड पुराणमा उल्लेखित कुनै महिलाले विवाहित जीवन बिताउनको लागि उल्लेख गरिएका केही महत्त्वपूर्ण जानकारीहरूबारे परिचित गराउन चाहन्छौं।

यो जानकारी विवाहित महिलाका लागि विशेष गरी उपयोगी छ। गरुड पुराणमा समावेश गरिएका यी नियमहरू प्रत्येक महिलाले पालना गर्नु पर्छ।

पति या प्रेमिबाट धेरै टाढा रहनुहुँदैन
गरुड़ पुराणका अनुसार श्रीमती वा प्रेमिकाले आफ्नो पति वा प्रेमीबाट बढी दिन कहिल्यै टाढा हुनुहुँदैन। किनभने यसले उनलाई मानसिक रुपमा कमजोर महसुस गराउँछ।

श्रीमान् र श्रीमती बीचको सम्बन्धको बारेमा कुरा गर्ने हो भने उनीहरू एक अर्काबाट टाढा रहनु सामाजिक समस्याहरूको एक कारण बन्दछ।

नराम्रा चरित्रका मानिसबाट टाढा रहनु
विवाहति महिलाले यस्ता व्यक्तिलाई कहिल्यै साथी बनाउनु हुँदैन जसको चरित्र एकदमै खराब रहेको छ । किनकी यसको असर हामी आँफैलाई नै पर्दछ ।

भनिन्छ कि जस्तो मान्छेको संगत हुन्छ त्यसरीनै सोच पनि त्यस्तै हुन जान्छ । नराम्रो व्यवहारको मान्छेको असर त्यस महिलामा पनि परेको हुन्छ ।

यस्तो व्यक्तिबाट टाढा रहनुहोस्
यी सबै चीज बाहेक, तपाईंको श्रीमानको विरुद्धमा बस्ने व्यक्तिको साथ कुनै प्रकारको सम्बन्ध नराख्नुहोस्। एक व्यक्ति जसले तपाईंको श्रीमानको बारेमा नराम्रा कुरा गर्दछ, निन्दा गर्दछ र उसलाई नोक्सान गर्ने प्रयास गर्दछ, सँधै उसबाट टाढा रहनुहोस्।

आफ्ना मान्छेको कहिल्यै अपमान नगर्ने
सबैसँग मिठो बोल्नेवाली र सबैको राम्रो सोच गर्ने एउटी महिलालाई सद्गुण मानिन्छ र त्यस्ता महिलाको सम्मान र इज्जत पनि गर्ने गरिन्छ ।

तर यस्तो पनि देखीन्छ कि धेरै पटक कुनै व्यक्ति कुनै न कुनै चीज मा रिसाउँछन् र आफ्ना आफन्तलाई नराम्रो शब्द बोल्छन्। यस्तो समयमा, जुन स्त्रीले आफूलाई नियन्त्रण गर्न खोज्छन् या त गर्छन् पनि त्यस्ता महिलाको सम्मान बढ्दछ ।

कहिल्यै पनि अर्काको घरमा धेरै समय सम्म नबस्ने
भनिन्छ कि आफ्नो घर सबैको लागी प्रिय हुन्छ । हरेक कोहीलाई आफ्नो घरमा खास पदप्रतिष्ठा मिलेकै हुन्छ । तर महिला अर्काको घरमा बिना कोही चिन्तासँग बस्ने गर्दछन् ।

यो त्यत्तिकै भनिएको होइन । यो सामाजिक रुपले मानिएको एक उदाहरण हो । त्यसैले कुनै पनि स्त्री पराईको घरमा गएर धेरै बेरसम्म बस्नुहुँदैन ।

यसले कुनै पनि महिलाको सम्मान खतम हुन्छ । र जो सम्मान स्त्रीलाई उसको घरमा मिल्दछ त्यही सम्मान कहिल्यै पनि पराईको घरमा मिल्दैन ।

More News last news
Loading...