यी ३ राशिमाथि हुन्छ सधैँ भगवान शिवको कृपा, मानिन्छन् निकै भाग्यमानी

काठमाडौँ । सबै १२ राशिहरुमा केही यस्तो राशिहरु हुन्छन् जसमा भगवान शंकर आफ्नो विशेष कृपा राख्ने गर्दछन्। यी हुन् भगवान शिवको सबै भन्दा प्रिय ३ राशिः

वृष राशिः

Advertisement

यस राशिको मानिसहरुको मंगल निकै राम्रो हुने गर्दछ। वृष राशिको व्यक्तिहरु भगवान शिवको स्वरूपको निकै नजिक हुने गर्दछन्।

यस राशिको व्यक्तिहरु चाहे दुखमा होस् या सुखमा सधै भगवान शिवको जप गरिरहन्छन्।

त्यसैले भगवान शिव यिनीहरुको हरेक मनोकामना पूरा गर्दछन्। यस राशिको व्यक्तिहरुले हरेक सोमबारको दिन शिव मन्दिर गएर शिवलिंगमा जल चढाउनु पर्दछ।

कर्कट राशिः

यस राशिको मानिसहरुमा भगवान शिव निकै दयालु हुने गर्दछन्। यी राशिको मानिसहरु भगवान शिवको भक्तिमा सधै तल्लिन हुने गर्दछन्।

यस राशिको व्यक्तिहरु भगवान शंकरको कुनैपनि व्रत या पर्वमा वर्त राख्न छोडदैनन्। भगवान शिव यस राशिको व्यक्तिहरुमा सधै आफ्नो कृपा बनाई राख्नुहुन्छ।

मकर राशिः

यो राशिको व्यक्तिहरु भगवान शिवको सबैभन्दा धेरै नजिक हुने गर्दछन्। यस राशिको व्यक्तिहरुमा आउने समस्याहरुको अन्त्य भगवान शिवले स्वयंम गर्नुहुन्छ।

जीवनको हरेक उतार चढ़ावमा भगवान शिवको नाम लिन भुल्दैनन्। त्यसैले भगवान शिव यी राशिमा आफ्नो कृपा बर्साउने गर्दछन्।

सोमवारको दिन शिवलिंगमा दूध चढाउनाले यस राशिको व्यक्तिहरुलाई अधिक फाईदा हुने गर्दछ।

More News last news
Loading...