यी काम कहिल्यै नछोड्नुहोस् अपुरो, सम्बन्धमा दरार उत्पन्न हुन्छ

काठमाडौँ । धर्ममा आस्था राख्ने हिन्दुहरुले शास्त्रीय नियम कानुनलाई उलंघन गर्न कदापी सक्दैनन्। जीवनमा सुख शान्ती र आनन्द प्राप्ती गर्नको लागि शास्त्रले थुप्रै खालका नियमहरु सिकाएको हुन्छ। जसको पालना गर्दा मान्छे जीवनमा सधै खुसी र सुखी हुन्छ।

गीतापैसमा उल्लेख गरिएको गरुड पुराणको संक्षिप्त नियममा पनि मानव जीवनमा अति आवश्यक पर्ने नियमहरु सिकाएको हुन्छ। त्यस्तै गरुड पुराणमा उल्लेख गरिएको चार काम जुन अपूरो छोड्दा जीवनमा भोग्नु पर्ने समस्याको बारेमा बताइएको छ। हेरौँ के के हुन् त ती कामहरु :

Advertisement

ऋण चुक्ताः यदि तपाईले कहि कतै बाट ऋण लिनुभएको छ भने त्यो पैसा जसरी भएपनि तिर्नु पर्ने हुन्छ। यदि तपाईले ल्याएको ऋण तिनै नसक्दा व्याजको कारण जीवनमा थप समस्या उत्पन्न हुन्छ। यदि आफन्तसँग लिएको उधारो वा ऋण चुक्ता गर्न सकेन् भने आफन्तसँगको सम्बन्धमा दरार उत्पन्न हुन्छ।

बिरामीको उपचारः यदि कुनै रोगको बिरामी उपचार गर्न जान्छ भने त्यस्तो ब्यक्तिको उपचारको लागि आवश्यक परामर्शबाट जरैदेखि निमूल पार्न सक्नुपर्छ। जुन व्यत्ति, उपचारबाट पुर्ण स्वस्थ बन्न सक्दैन् त्यस्तो ब्यक्तिलाई उक्त समस्याले पटक पटक सताउन सक्छ। त्यस कारण जुनसुकै रोग भएपनि बिरामीको उपचार गर्दा पुर्ण रुपमा निर्मूल पार्ने गरेर मात्र उपचार गर्नुपर्दछ।

आगो निभाउनुः कुनै ठाउँमा आगो लागेको छ भने त्यसलाई पुर्ण रुपमा भिजाएर मात्र छोड्पर्छ यदि कतै सानो आगोको झिका मात्रै बाँकी रह्यो भने त्यो सानो आगोको झिल्कोले नै ठूलो रुप लिन्छ र धेरै धनजनको क्षति गर्छ।

शत्रुता स् यदि कोही मानिसले तपाईलाई बारम्बार दुख दिन्छ भने त्यसलाई कुनै न कुनै उपाय लगाएर भएपनि सक्नै पर्छ। यदि त्यसो गर्न सकिएन भने आफ्नो सफलतामा उन सधै बाधा बनेर आउने गर्छ।

More News last news
Loading...