खाडी क्षेत्रका श्रमिकहरुलाई कुनै समस्या भए तुरुन्त सम्पर्क गर्नु : एनआरएनए

लण्डन । खाडी क्षेत्रका श्रमिकहरुलाई कुनै समस्या भए सम्पर्क गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आग्रह गरेको छ ।

‘कोभिड १९’ को महामारीको क्रममा बैदेशिक रोजगारमा बिशेष गरि खाडी मुलुक तथा मलेसिया लगायत बिश्वभरि रहेका नेपालीहरुलाई गैर आबासीय नेपाली संघको बैदेशिक रोजगार विभागले सहयोग गर्ने संघका उपाध्यक्ष डा. बद्री केसीले जानकारी दिए ।

Advertisement

केसीले विहीवार एक विज्ञप्ति जारी गर्दै विदेशमा जागिर गुमाएको, खान बस्नको लागि समस्या भएका, अलपत्रमा परेका र मानसिक स्वास्थ्य सम्बन्धि समस्याहरुलाई तत्काल संघ समक्ष सम्पर्क गर्न आग्रह गरेका हुन् ।

संघले भिसा सकिएर जरिवाना तिर्न गार्हो परेका, नेपाल फर्कनलाई समस्या भएका र रोजगारदाताले तलब नदिएकोले श्रमिक अदालतमा’ निबेदन दिन बाध्य पारिएका नेपालीहरुलाई सहयोग गर्ने भएको छ ।

त्यस्तो समस्यामा परेका व्यक्तिहरुले स्थानीय गैर आबासीय नेपाली संघ रास्ट्रिय समन्वय मार्फत अथवा गैरआवासीय नेपाली संघको तलको इमेल ठेगानामा सम्पर्क गर्न सक्ने छन् ।

गैरआवासीय नेपाली संघले कोरोना भाइरसको विश्वव्यापी महामारी शुरुभए देखि ५० देशमा करिब २ हजार ५ सय स्वयमं सेवक परिचालन गरेको छ । संघले अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक ‘कोभिड १९’ उच्चस्तरीय समिति गठन गरेर कोरोना भाइरसबाट पिडितको लागि सहयोग गर्दै आएको छ ।

More News last news
Loading...