एनआरएनद्वारा १० हजार थान एन्टिजेन परीक्षण किट हस्तान्तरण

काठमाडौँ । कोरोना भाइरस परीक्षणका लागि प्रयोग गरिने १० हजार थान एन्टिजेन परीक्षण किट गैरआवासीय नेपाली संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ।

स्वाथ्य मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई गैर आवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीले उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्।

Advertisement

एन्टिजेन परीक्षण किटको प्रयोगबाट कोरोना सङ्क्रमण भए नभएको १५ मिनेटमै थाहा पाउन सकिने हुँदा यो निकै प्रभावकारी हुने विश्वास राज्ययमन्त्री राउतले व्यक्त गरे।

जापानमा बसोबास गर्दै आएका नेपाली अभियन्ता कपिलदेव थापाको पहलमा जापानको फुजिरेबियो इन्क नामक कम्पनीले ती किटहरू उपलब्ध गराएको हो।

More News last news
Loading...