काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रै अविश्वासको प्रस्ताव दर्ता भएको छ।
शाहीलाई संसदीय दलको नेताबाट हटाउन माग गर्दै आइतबार १८ जनाको हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका हुन्।
अविश्वासको प्रस्तावमा प्रदेशसभा सदस्यहरु यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्तीमगर र नेकपाका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलगायत रहेका छन्।
नेकपा संसदीय दलको नेतामा शाही निर्वाचित भएपछि पार्टीको प्रभावकारितामा ह्रास आएको, पार्टी र सरकारको कामकारबाही फितलो भएको सांसदहरुको आरोप छ।
कर्णाली प्रदेशसभामा रहेका ४० सदस्यमध्ये नेकपाका ३३ सदस्य छन्। संविधानको धारा १८८ अनुसार मुख्यमन्त्रीविरुद्ध प्रदेशसभामा एक चौथाइ सदस्यले अविश्वासको प्रस्ताव दर्ता गराउन सक्नेछन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
