कुवेतका राष्ट्रप्रमुख शेखसभा अल अहमदको निधन, नयाँ राष्ट्रप्रमुख बने नवाफ

काठमाडौँ । कुवेतका राष्ट्रप्रमुख (ईमिर) शेख सभा अल अहमद अल सवाहको ९१ वर्षको उमेरमा मंगलबार निधन भएको छ।

गत जुलाई १८ तारिखदेखि अस्पताल भर्ना भएका अल अहमदको अमेरिकामा निधन भएको हो बीबीसीले जनाएको छ।

Advertisement

उनको शल्यक्रिया सफल भएको थियो । पछि फेरि थप उपचारको लागि उनी जुलाई २३ मा अमेरिका गएका थिए ।

सभा अल अहमदको निधनको शोकमा कुवेतमा ४० दिनसम्म शोक अवधि घोषणा गरिएको छ । यसमा तीन दिनका लागि कार्यालयहरु बन्द गरिएका छन् ।

कुवेतका नयाँ ईमिर बने शेख नवाफ अल अहमद अल सबाह

सभा अलको निधनपछि उनका भाइ शेख नवाफ अल अहमद अल सबाह कुवेतका नयाँ ईमिर बनेका छन्।

८३ वर्षीय शेख नवाफले जुलाई १८ मा, शेख सभा अल अस्पताल भर्ना भएको बेला पनि इमिरको जिम्मेवारी वहन गरेका थिए ।

यसअघि उनले रक्षा मन्त्री र गृहमन्त्रीको पद सम्हालिसहेका छन् ।

More News last news
Loading...