काठमाडौँ । वास्तुअनुसार भवनमा भर्याङ राख्न उपयुक्त १६ वटा दिशा हुन्छन् । वैज्ञानिक आधारअनुसार भर्याङ पेच कस्ने स्क्रुजस्तै हुन्छ । स्क्रु कस्दा क्लकवाइज र खोल्दा एन्टिक्लकवाइज हुन्छ ।
भवनको स्थानअनुसार भर्याङ क्लकवाइज र एन्टिक्लकवाइज राख्नुपर्ने हुुन्छ । स्क्रुले जस्तै भर्याङले घरमा निवास गर्ने मानिसको समस्या निकाल्ने र बलियो पक्ष रोकेर राख्ने काम गर्छ । भवनको १६ दिशामा मानिसको १६ वटा इच्छा रहेको हुन्छ ।
सोही इच्छाअनुसार मानिसले आफ्नो भाव प्रकट गर्ने गर्छ । जुन दिशामा पर्ने भाव कमजोर हुन्छ, त्यही दिशाको पीडा मानिसले भोगिरहेको हुन्छ । १६ दिशामध्ये आफ्नो अनुकूलता हेरेर भर्याङ राख्ने स्थान छनोट गर्नुपर्छ ।
-उत्तर–पश्चिमदेखि पूर्व दिशासम्म एन्टिक्लकवाइज भर्याङ राख्न सक्छौँ । यस्तो भर्याङ हुँदा स्क्रुले पेच खोल्न लागेको जस्तै मानिसका विचार पनि स्वतन्त्र हुन थाल्छन् । यसले मानसिक तनावबाट मुक्ति पाइन्छ। नयाँ विचार योजना तथा काम पाउने सम्भावना बढी हुन्छ । मनमा प्रसन्नता उत्पन्न हुन्छ ।
– पूर्वदेखि पूर्व–दक्षिणसम्म क्लकवाइज भर्याङ राख्नुपर्छ । यो स्थानमा क्लकवाइज भर्याङ राख्दा पेच कसेजस्तै धन पनि अडिएर बस्छ । अनावश्यक खर्च हुँदैन । बचत हुन थाल्छ । विचार तथा मन पनि स्थिर हुन्छ । तर, यहाँ एन्टिक्लकवाइज भर्याङ भएमा मानसिक चिन्ताले समात्छ र पैसाको बचत पनि गर्न सकिँदैन । यो दिशामा भर्याङ क्लकवाइज राख्दा शुक्र ग्रह शान्त हुन्छ ।
– दक्षिणबाट दक्षिण–पश्चिम दिशासम्म क्लकवाइज भर्याङ राख्नुपर्छ । यसो गर्नाले पितृदोष निवारण हुनुका साथै मान–सम्मान प्राप्त हुन्छ । राहुको दोष पनि निवारण भएर कुनै पनि पेसालाई निखारता प्रदान गर्छ । खर्चमा पनि कटौती गराउँछ र राहु ग्रहदोष लाग्दैन ।
– पूर्व–दक्षिणदेखि दक्षिणसम्म एन्टिक्लकवाइज भर्याङ राख्नुपर्छ । यसले परिवारका सदस्यहरूमा आत्मविश्वास बढाउँछ । रोगप्रतिरोधात्मक शक्ति बढाउन सहयोग गर्छ र मंगल ग्रह पनि शान्त गराउँछ ।
– दक्षिण–पश्चिमदेखि पश्चिमसम्म फेरि एन्टिक्लकवाइज भर्याङ राख्नुपर्छ । यसले घरका परिवारको अध्ययनमा निखार आउँछ । परिवारलाई उचाइमा लान सहयोग गर्छ । शनि दोष निवारण हुन्छ ।
– पश्चिमबाट उत्तर–पश्चिमसम्म क्लकवाइज भर्याङ राख्ने । यसले मानसिक रोग, वित्तीय संस्था, छरछिमेकी वा आफन्तबाट सरसहयोग नपाउने समस्या समाधान गर्छ । यसले मानिसमा चन्द्रमा दोष लाग्दैन ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
