काठमाडौँ । निशेषाज्ञाको बिचमै लोकप्रिय गायिका मिना अधिकारीको दशैँ कोशेली दशैँ आयो सानु बजारमा आएको छ।
गायिका मिना अधिकारी र श्याम अधिकारीको स्वर रहेको दशैँ गीत सोह्रश्राद्धको एकदिन अघि मंगलबार बजारमा आएको हो। श्याम अधिकारीको शब्द संगीत रहेको उक्त गीतको एरेन्ज गायक संगीतकार राजेन्द्र सुवेदीले गरेका हुन्।
एकिन्द्र सारा शंकरको निर्देशनमा बनेको उक्त गीतको म्युजिक भिडियोमा प्रिति गुरुङ र श्याम अधिकारीको अभिनय रहेको छ।
गीतमा आउँदै गरेको नेपालीहरुको महानपर्व दशैँ र वैदेशिक रोजगारीमा रहेका नेपालीको पिडालाई टपक्क टिपेर गीतमा उतारिएको छ।
उक्त गीतको म्युजिक भिडियो राजेन्द्र मिना अफिसियल युट्युब च्यानलबाट बजारमा आएको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
