मात्र यी ५ कुराको ध्यान राख्नुहोस्, बढ्न सक्छ तपाईको आम्दानी

काठमाडौँ । वास्तुशास्त्रका अनुसार यदी तपाईले केही महत्वपूर्ण कुराको ध्यान राख्नेहो भने तपाईको आम्दानी बढ्न सक्छ। युक्तकल्पतरु, अलंकारशास्त्र र मण्डन शिल्पशास्त्र जस्ता ग्रन्थमा यस्ता केही उपाय बताइएका छन्।

जुन नियमको पालना गर्दा घरको वास्तु दोष हटेर देवी लक्ष्मी प्रसन्न हुने र उकत घरमा बास गर्ने धार्मीक विश्वास छ। यी ग्रन्थका अनुसार वास्तु नियमका ध्यान राख्दा घरका हरेक किसीमको दोष हट्ने विश्वास गरिन्छ।

Advertisement

अप्नाउनुहोस् वास्तुशास्त्रका यी ५ नियम

१) आम्दानी बढाउनका लागि तपाईले घरमा पैसा राख्ने दराजमा देवी लक्ष्मीको फोटो वा मुर्ति राख्नुहोस्। त्यसो पनि नभएमा चाँदी वा सुनको सिक्दा पनि लक्ष्मीको प्रतिक मान्नेर राख्न सक्नुहुनेछ। यसको प्रभावले आम्दानी बढ्ने धार्मीक विश्वास छ।

२) घरको इशान कोण अर्थात पूर्व उत्तर दिशा सधै खाली र सफा गरेर राख्नुहोस्। यदी सम्भव भएसम्म त्यहाँ पुजा घर समेत बनाउनुहोस्। यसो गर्दा घरको वास्तु दोष हट्ने विश्वास गरिन्छ।

३) घरको ढोका खासगरी मुख्य द्वार विहान र बेलुकी खुल्ला राख्नुहोस्। त्यसैगरी घरभित्र सूर्यको किरण छिर्ने स्थान पनि खुल्ला राख्नुहोस्। ताजा हावा र सूर्यको किरणले कयौँ दोष खतम हुने धार्मिक विश्वास गरिन्छ।

४) दिन वा रातको बीच अर्थात सन्ध्याकालिन समयमा घरको मुख्य द्वारको दुबै कुनामा दिप बाल्नुहोस्। त्यस्तै घरको मन्दिर र जहाँ पानी राखिन्छ त्यहाँ पनि दिप बाल्ने गर्नुहोस्।

५) सम्भव भएसम्म बिहान चाँडै नुहाएर मुख्य द्वारमा ताजा फूलको माला लगाउनुहोस् र रंगोली बनाउनुहोस्। दैनिक गर्न सक्नुहुन्न भने हप्तामा एक दिन अवश्य गर्नुहोस्। यसो गर्दा घरमा लक्ष्मीको बास हुने धार्मीक विश्वास छ।

More News last news
Loading...