काठमाडौँ । गोजीबाट रुपैयाँ खस्यो वा हरायो भने यस्तो संकेत दिएको बुझ्नुपर्छ हामीलाई गोजीबाट रुपैयाँ खस्यो वा हरायो भने सामान्य लाग्दछ । धेरै जस्तो गोजिबाट केही सामान निकाल्दासँग पैसा पनि झर्ने गर्दछ तर के तपाईंलाई थाहा छ यसका केही शुभ संकेत पनि हुन सक्छन भने कुरा ?
तर यो कुरा ज्योतिश शास्त्रका ज्ञाताहरु बताउछ्न की यदी गोजीबाट रुपैयाँ पैसा झर्यो भने केही संकेत गरिरहेको हुन्छ । ज्योतिश शास्त्र अनुसार यदी गोजीबाट रुपैयाँ पैसा झर्छ भने केही न केही शुभ हुने मानिन्छ। यदी तपाईंलाई पनि त्यस्तै भएको छ भने तपलाई पनि भविष्यमा केही न केही शुभ हुने निश्चित रहेको छ।
यदी तपाईंको हातबाट यस्तो हुन्छ भने भविष्यमा तपाईंलाई धन लाभ हुने बुझिन्छ। यदी तपाईंले कसैलाई धन पैसा दिदै गर्दा अचानक हातबाट खस्यो भने ज्योतिश शास्त्र अनुसार तपाईंको कतै रोकिएको धन अवश्य प्राप्त हुनेछ । साथै अचानक धन प्राप्त हुने पनि सम्भावना रहन्छ भने कतै बाटोमा तपाईंले ठुलै धन राशी पनि भेट्टाउने सम्भावना पनि रहन्छ।
तर यो सबै आँफै हुनुपर्दछ तपाईंले जानी जानी सिक्का खसालेर हुँदैन। केही यस्तै परम्परा र मान्यताहरु छन जुन हाम्रा बाजे हजुरबुवाको समय देखी मान्दै आइरहेको छौ । यस्तै सानो सानो कुरामा केही न केही संकेत लुकेको मान्यता रहन्छ।
ज्योतिष शास्त्रका अनुसार यदी कपडा लगाउदै गर्दा अचानक गोजिबाट १० रुपैयाँको नोट झर्यो भने तपाईंलाई छिट्टै कहिबाट धन प्राप्त हुने बुझिन्छ। भविष्यमा तपाईंलाई कहिले र कसरी राम्रो हुनेछ भन्ने कुरा त भविष्यकै रहस्यमा छ । तर हामी यस्तै संकेतको मदतले अनुमान मात्र लगाउन सक्छौ । यी सामाग्री प्रकाशन गर्नुको उदेश्य अन्धबिश्वासलाई बढावा दिनु होइन।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
