घरको मन्दिरमा कहिलै पनि यस्तो महालक्ष्मीको मूर्ति नराख्नुहो्, जसमा लक्ष्मी उभिएकी हुन्छिन्। यस्तो मूर्ति घरमा राख्दा धन लाभ हुनुको साटो उल्टै आर्थिक संकटको सामना गर्नु पर्ने हुन्छन्।
वास्तुविज्ञ दीक्षा राठीका अनुसार घरमा राख्नका लागि देवी देवताको मूर्ति खरीद गर्दा सावधानी अप्नाउनु पर्ने हुन्छ। यदी गलत मूति खरीद गर्दा वा पुजा गर्दा लाभ हुनुको साटो उल्टै हानी हुनेछ।
जानिराख्नुहोस् घरको मन्दिरमा कस्तो मूर्ति राख्ने ?
१) घरमा मन्दिरमा बसिरहेका हनुमानको मूर्ति राख्नु शुभ मानिने गरिन्छ। ध्यान राख्नुहोस् हनुमानको एकै मूर्ति राख्नुहोस्। हनुमानको मूर्तिका साथसाथ श्रीराम, सिता, लक्ष्मणको पनि मूर्ति राख्नु शुभ मानिन्छ। हनुमानको मूर्ति बेडरुममा राख्नु हुँदैन्।
२) भगवान गणेश, महालक्ष्मी र सरस्वतीको उभिएको मूर्ति नराख्नुहोस्। यिनीहरुको बसिरहेको मूर्तिको पूजा गर्दा घरमा सुख, समृद्धि बन्ने गर्दछ।
३) राधा कृष्णको मूर्ति मन्दिरमा एकसाथ राख्नु पर्दछ। यिनीहरुको मूर्ति बेडरुममा पनि राख्न सकिन्छ।
४) मन्दिरमा सानो शिवलिंग राख्नु पर्दछ। धेरै ठूलो शिवलिंग घरमा राख्नु शुभ मानिदैन्। शिवलिंगका साथसाथ शिव परिवारको मूर्ति पनि राख्नु शुभ मानिन्छ।
५) यदी घरमा देवी देवताको मूर्ति राखिएको छ भने हरेक दिन बिहान पुजा अवश्य गर्नुहोस्। मन्दिरको आसपास सधै सफा राख्नुहोस्। साथै मन्दिरमा अध्यारो कहिलै नराख्नुहोस्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
