काठमाडौँ । चर्चित सर्जक एव गायक सन्तोष केसीले नयाँ गीत “पियारु” सार्बजनिक गरेका छन्।
सुरज गैह्रेको शब्द रहेको उक्त गीतमा केसी र गायिका कमला पोखरेलको स्वर रहेको छ। गीतमा संगीत पनि स्वयंम केसीले गरेका छन्। गीतले चोखो माया गर्ने जोडीलाई कसैले पनि छुटाउन नसक्ने सन्देश दिन खोजेको छ।
गीतको भिडियोमा नायिका अनु शाह र मोडल रमेश केसी लाई देख्न सकिन्छ । भिडियोलाई कपिल लामाले निर्देशन गरेका छन्।
अजय रेग्मीले खिचेको भिडियोलाई शिव पौडेलले सम्पादन गरेका हुन् । गीतको भिडियो सन्तोष केसीकले आफ्नै युटुब च्यानलबाट रिलिज गरिएको हो। गीतले सुरुवाती प्रतिक्रिया राम्रो पाएको केसीले बताएका छन्।
भिडियो
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
