नेपाल चलचित्रकी कलाकार हुन गोंगबु हत्या काण्डकी आरोपी, गोप्य फोटो सार्वजनिक भएपछि हत्या

काठमाडौँ । गोंगबु हत्या काण्डकी आरोपी कल्पना मुडभरी (पौडेल) कलाकार पनि रहेको खुलासा भएको छ।

नेपाल प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै गोंगबु हत्या काण्डकी आरोपी कलाकार पनि रहेको खुलासा गरेको हो । उनले केही चलचित्रमा समेत अभिनय गरेको पाइएको प्रहरीले जनाएको छ।

Advertisement

राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोंगबु नवज्योति मार्गमा भएको विभत्स हत्याकाण्ड आफैले घटाएको प्रारम्भिक बयानका क्रममा बताएकी छिन्।

कल्पनासँग फेसबुकमार्फत चिनजान गरेका मृतक ८ महिनादेखि होटलमा बस्दै आएका थिए। हत्यापछि शव व्यवस्थापन गर्न छोरीको साथ लिएको र हत्यापछि एम्बुलेन्समार्फत चितवन पुगेकी उनलाई पक्राउ गरी प्रहरीले काठमाडौँ ल्याएको थियो।

गोंगबु नवज्योति मार्गस्थित किरण बस्नेतको घरमा बस्दै आएकी कल्पनाको कोठाबाट प्रहरीले हत्यामा प्रयोग भएका सामग्रीसमेत बरामद गरेको छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धानअनुसार हत्याको मुख्य कारण आर्थिक लेनदेन र यौन हिंसा रहेको जनाएको छ ।
अभियुक्त कल्पनाले पनि हत्या गरेको स्वीकार गरिसकेको प्रहरीले बताएको छ ।

यसरी भयो घटना
मृतक र हत्यारा पौडेल विगत चार वर्षदेखि आपसी चिनजानमा रहेको प्रहरीले जनाएको छ ।

मृतक बोहराले आरोपी पौडेलको फोटोलाई टुक्रा पारी उनको टाउकोलाई नांगो फोटोमा जोडेर फेसबुकमार्फत विभिन्न व्यक्तिलाई पठाइदिएका थिए ।

सो घटनापछि आफ्नो बेइज्जत भएको ठानेकी आरोपी पौडेलले बदलाको भावसहित हत्याको घटना घटाएको प्रहरीले जनाएको छ ।

आरोपी पौडेल डिप्रेसनको औषधि खाइरहेकी प्रहरीले जनाएको छ । उनी आफ्नो श्रीमानबाट चार वर्षदेखि अलग रहेकी थिइन् । साथै मृतक र उनीबीच अनुचित सम्बन्धसमेत रहेको प्रहरीले जनाएको छ ।

आफ्नो बेइज्जत गरेको प्रतिशोध लिन आरोपी पौडेलले मृतक बोहरालाई गत शनिबार आफ्नो निवासमा बोलाएको र मदिरा पिलाएको प्रहरीले जनाएको छ । मदिरापछि कृष्णबहादुरलाई दहीमा औषधि घोलेर खुवाएको कल्पनाले बयान दिएकी छिन् । दही खाएपछि कृष्णबहादुर बेहोस भएको अवस्थामा महिलाले कपडा खोलेर नांगै बनाएर हम्मरले हिर्काएर मारेको र सलले घाँटीसमेत कसेको प्रहरीले जनाएको छ ।

त्यसपछि मृतकको शवलाई घिसार्दै लगेर अट्याच बाथरुमको टायलमा राखेर घाँटी काटेको र खुट्टा पनि काटेको प्रहरीले जनाएको छ । बोहराको मृत शरीर टुक्राटुक्रा पार्न कल्पनाले २ वटा खुकुरी प्रयोग गरेको प्रहरी स्रोतले बतायो ।

त्यसपछि आरोपी महिलाले टउको र खुट्टा जेब्रा झोलामा अनि शरीर सुटकेसमा राख्दा अर्को कोठामा रहेकी छोरीले घटनाबारे थाहा पाएकी थिइन् ।

त्यसपछि आमाले सुटकेस बोक्ने र छोरीले पछाडिबाट ठेल्ने गरेर फ्याँकेको र पानी परिरहेको समय भएकाले छोरीले आमालाई छातासमेत ओढाउने काम गरेको प्रहरीले जनाएको छ ।

उनीहरूले घटनास्थलभन्दा पचास मिटर टाढा पुऱ्याएर शव फ्याँकेका थिए ।

भोलिपल्ट अर्थात् गत आइतबार बिहान स्थानीयले सुटकेसमा शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी बिहान ७ बजे घटनास्थल पुगेको थियो ।

साली लिन चितवनबाट एम्बुलेन्स लिएर आएका थिए ‘भिनाजु’

३७ वर्षीया कल्पनाले हत्या गरेको भोलिपल्ट आइतबार भिनाजुलाई फोन गरेर आफूलाई लिन बोलाएको खुलेको छ।

एम्बुलेन्स लिएर कल्पनालाई लिन चितवनबाट भिनाजु गोंगबु आएका थिए । ती एम्बुलेन्स चालकलाई कल्पनाले ‘भिनाजु’ भनेर सम्बोधन गर्ने गरेको पनि प्रहरीले बताएको छ । एम्बुलेन्स चालक नाताले वा सम्बोधनमा मात्रै भिनाजु हुन् भन्नेबारे प्रहरीले खुलाएको छैन ।

एम्बुलेन्समा ६ हजार रुपैयाँ तिरेर आरोपी आमा, छोरी र एक बालकसहित चितवन पुगेका थिए । त्यसपछि सोमबार प्रहरीले उनीहरूलाई चितवनबाट नियन्त्रणमा लिएको थियो । कोठामा हत्या गरेर नजिकै शव लुकाएपछि कल्पना आइतबार १५ वर्षीया छोरी र १३ वर्षका छोरा लिएर एम्बुलेन्समा चितवन भागेकी थिइन् । चितवन माइतीघरमा रहेकै बेला कल्पनालाई काठमाडौंबाट खटिएको अपराध महाशाखा र चितवन प्रहरीको टोलीले पक्राउ गरेको थियो । एम्बुलेन्स चालक र दुई छोराछोरी पनि चितवनबाटै पक्राउ परेका हुन् ।

More News last news
Loading...