काठमाडौँको गोंगबुमा सुटकेशभित्र भेटियो शव (भिडियो)

काठमाडौँ । काठमाडौँको गोङ्गबुमा सुटकेशभित्र राखिएको अवस्थामा शव फेला परेको छ। गोङ्गबुस्थित गणेश स्थान भन्ने ठाउँमा सुटकेशभित्र बन्द गरेको अवस्थामा शव फेला परेको हो।

शव टुक्रा टुक्रा पारेको अवस्थामा फेला परेको बताइएको छ। पानी परेका कारण सुटकेशबाट रगत बगिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

Advertisement

प्रहरी अहिले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। शव कस्को हो र कसले फालेको भन्ने बारेमा केही खुलेको छैन्।

गणेशस्थान मन्दिरबाट एक सय मिटर भित्र शव भेटिएको थियो । पानीले भिजेपछि रगत बगेको देखेर स्थानीयले प्रहरीलाई खबर परेका थिए। गएरातिदेखि बिहानसम्म काठमाडौँमा ठूलो वर्षा भएको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले शव भेटिएको पुष्टि गरेका छन्।

उनका अनुसार कालो कपडाको सुट्केशमा शव भेटिएको हो। प्रहरीले अहिले घटनास्थलमा फरेन्सिक डाक्टरको टोली बोलाएको छ।

हेर्नुहोस् भिडियो

More News last news
Loading...