कुवेतमा एक नेपालीको मृत्यु, सम्पर्कमा आउन परिवारलाई दूतावासको आग्रह

काठमाडौँ । रोजगारीको शिलशिलामा कुवेत पुगेका एक जना नेपालीको हृदयघातका कारण मृत्यु भएको छ ।

कुवेतको फर्वानिया अस्पतालमा उपचाररत नुवाकोटका सागर राई (राहदानी नम्बर ०७८६३१७२) को गत जुलाई १३ का दिन मृत्यु भएको हो ।

Advertisement

चार वर्ष पहिले रोजगारीको सिलसिलामा कुवेत पुगेका सागर राई कम्बाइन्ड ग्रुप कम्पनीमा कार्यरत थिए।

मृतक राईको दुबै मृगौला फेल भएकाले पन्ध्र दिन अघि फर्वानिया अस्पतालमा भर्ना गरिएको थियो। उनको मृत्यु भएको प्रारम्भिक जानकारी भने कम्पनीमा जुलाई १५ मा मात्रै आएको कम्बाइन्ड ग्रुप कम्पनीका फोरमेन रोल बहादुर विश्वकर्माले बताए । दुवै मृगौला फेल भएर अस्पताल भर्ना गरिएको भएपनि उनको मृत्यु भने हृदयघातबाट भएको अस्पतालले जनाएको छ।

मृतक ३५ वर्षीय सागर राईका घरमा श्रीमती १४ वर्षीय छोरा र एक १२ वर्षकी छोरी छन् ।

मृतक राईको परिवारसँग अहिलेसम्म सम्पर्क हुन नसकेको भन्दै परिवारलाई दूतावासको सम्पर्कमा आउन र सम्पर्कका लागि सहयोग गरिदिन पनि दूतावासले कुवेतवासी नेपालीहरुलाई आग्रह गरेको हो ।

More News last news
Loading...