यस्ता गुण भएका युवतीसँग विवाह गर्नुहोस्, चम्किन्छ भाग्य

आचार्य चाणक्यका अनुसार हरेक व्यक्तिले नराम्रो परिस्थितीमा पनि सुख खोज्न सक्छ त्यो व्यक्ति नै संसारमा बुद्धिमान कहलिन सक्छ। चाणक्यले तीन चीज प्राप्त गर्नको लागि कहिल्यै समय खेर फाल्न नहुने बताउँछन् ।

विषबाट अमृत निकाल्नुपर्छ
चाणक्यका अनुसार विषबाट अमृत कसरी प्राप्त गर्ने भन्ने कुरा हरेक व्यक्तिले जान्नुपर्दछ । यसको अर्थ यदि कुनै समय विषमा अमृत भेटियो भने पनि त्यो अमृत ग्रहण गर्नुपर्छ । यसको मतलब प्रतिभा फोहोरमा छ भने त्यसलाई ग्रहण गर्न कुनै पनि प्रकारको कमि छोड्नुहुँदैन ।

Advertisement

फोहोरबाट सुन झिक्न हिच्किचाउँनुहुँदैन
सुन मूल्यवान् छ । फोहोरबाट पनि यदि सुन निकाल्ने अवसर प्राप्त भयो भने त्यस्तो अवसर छोड्नुहुँदैन । कुनै पनि व्यक्तिलाई राम्रो बस्तु प्राप्त गर्नु छ भने सधैँ प्रयत्नरत रहनुपर्छ ।

कस्तो स्त्रीलाई अपनाउने ?
स्त्री यदि गुणी र सुन्दर हुनुपर्छ । गरिब घरको भएपनि कुनै स्त्री ज्ञानी छिन् भने अपनाउन अप्ठ्यारो मान्नुहुँदैन । यदि शत्रुको घरमा सुशील महिला छिन् भने उनीसँग सम्बन्ध जोड्न डराउनुपर्दैन । अंहकार छोडेर सुशील, गुणले भरिपूर्ण भएकी स्त्री जुन घरमा जान्छिन् त्यो घर सुन्दर हुन्छ ।

More News last news
Loading...