काठमाडौँ । २०७७ सालको पहिलो सूर्य ग्रहण असार ७ गते आइतबार लाग्दैछ। नेपालमा बिहान १० बजेर ५५ मिनेटबाट सुरु हुने सूर्यग्रहण अपरान्ह दुई बजेर २४ मिनेटमा समाप्त हुने छ। मध्याह्न १२ बजेर ४१ मिनेट जाँदा काठमाडौँबाट सूर्य करिब ८८ प्रतिशत ढाकिएको देख्न सकिनेछ। उक्त समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव हुने छ।
यस ग्रहणलाई कंगो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणीभाग,भारतको देहरादून, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँहरुवाट वलय सूर्यग्रहण देख्न सकिन्छ भने नेपालबाट खण्डग्रास सूर्यग्रहण देखिने छ।
नेपालकै भूभाग लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट भने सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिन्छ। यो ग्रहणको अवधि ३ घण्टा ३१ मिनेटको हुनेछ। खण्डग्रास सुर्यग्रहण २ नक्षत्रलाई समेटेर लाग्दैछ।
थप जानकारीका लागि भिडियो हेर्नुहोस्
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
